२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिलाको अन्तरंग फोटो तथा भिडियो भाउजुको मेसेन्जरमा पुगेपछि…

२०८०, २६ जेष्ठ शुक्रबार ११:२७

जेठ २६,  स्याङ्जा | महिलाको अन्तरंग फोटो तथा भिडियो आफन्तलाई पठाइदिएर चरित्र हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ३ खुर्सानीडाँडा घर भई हाल पुतलीबजार बस्ने ४२ वर्षीय  ज्ञानु थापा रहेकी छन् । 

सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट  मित्रताका लागि आएका अनुरोध  स्वीकार पछि कुराकानी हुने क्रममा पीडित महिलाको एक पुरुषसँग प्रेम सम्बन्ध बसेको थियो ।  म्यासेन्जरमा कुराकानी हुने क्रममा उनीहरुबीच अन्तरंग फोटो तथा भिडियो समेत साटासाट भएका थिए । यसै क्रममा पुरुष विवाहित रहेको थाहा पाएपछि दुईबीचको सम्वाद टुटिसकेको थियो । 

तर, पछि  थापाले अनधिकृत पहुँच बनाई पीडितको भाउजूको म्यासेन्जरमा सो अन्तरंग फोटो तथा भिडियो पठाएर दुःख हैरानी दिएको उजुरी साइबर ब्युरोमा परेको थियो । अनुसन्धानका क्रममा थापाको संलग्नता खुलेपछि उनलाई  काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

स्याङ्जाबाट पक्राउ गरी उनीमाथि सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोका उपनिर्देशक पशुपति कुमार रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस