<p><b>माघ २२, ललितपुर ।</b> ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा ओखलढुंगाका एक युवकको ज्यान गएको छ ।<br></p><p>गए राति बा २९ प ३९९५ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक प्रेमबहादुरको उपचारको क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।</p><p>मोटरसाइकल पछाडि बसेका भोजपुरका गणेश तिवारीको भने उपचार भैरहेको छ । कार्कीले जाँड खाएर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । </p>
ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा ओखलढुंगाका एक युवकको मृत्यु, एक घाइते