2026-10-24 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सिनजियाङको मरुभूमिमा चीनले किन खन्दैछ सगरमाथाको उचाइभन्दा पनि गहिरो खाडल ?

एजेन्सी | चिनले आफ्नो उत्तरपश्चिमी राज्य सिनजियाङमा रहेको ताक्लामाकान मरुभूमिमा ११ किलोमिटर (११ हजार १०० मिटर) भन्दा बढी गहिरो खाडल खन्न शुरू गरेको छ । यो योजनाको काम गत साताबाट शुरू भएको हो ।चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो गहिरो खाडल पृथ्वीको सबैभन्दा पुरानो क्रेटासियस कालीन तहसम्म पुग्नेछ। क्रेटासियसलाई १४५ देखि ६६ मिलियन वर्ष पुरानो भौगोलिक अवधि मानिन्छ।

यो योजना ४५७ दिनमा सम्पन्न हुने अपेक्षा गरिएको छ । यस अवधिमा त्यहाँ कार्यरत श्रमिक तथा भूगर्भविद्हरू दिनरात ‘हेभी मशिनरी’का साथ काममा व्यस्त रहनेछन् । यो योजनालाई चीनको सबैभन्दा ठूलो उत्खनन् योजना मानिएको छ । यसअघि चीनको सबैभन्दा गहिरो ‘ड्रिल’ १० किलोमिटर बराबर थियो ।

चीनले बनाउँदै गरेको यो खाडल मानिसले बनाएको सबैभन्दा गहिरो खाडल भने हुने छैन । यसअघि सन् १९८९ मा १२ हजार २६२ मिटर अर्थात् १२ किलोमिटरभन्दा बढी गहिराइसम्म ‘ड्रिल’ गरेर रुसले कीर्तिमान बनाएको थियो । चीनबाट यो ठूलो योजनाको घोषणा यस्तो समयमा भयो छ, जुन समयमा चीनले विश्वको प्राविधिक र वैज्ञानिक शक्तिका रूपमा आफ्नो स्थिति बलियो बनाउन महत्त्वपूर्ण कदम चालिरहेको छ । चाखलाग्दो कुरा के छ भने जुन दिन यो नयाँ योजनामा ​​काम शुरू भएको थियो, त्यही दिन चीनले आफ्ना तीनजना अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष कक्षमा रहेको स्टेसनमा पठाएको थियो।

अन्तरिक्ष स्टेसनमा अन्तरिक्ष यात्रीहरू पठाउने यो कदम चीनको ठूलो अन्तरिक्ष परियोजनाको एक हिस्सा हो, जसअन्तर्गत उसले २०३० अघि चन्द्रमामा पाइला राख्ने प्रयास गरिरहेको छ । यस्तो परिस्थितिमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ (८ हजार ८ सय ४८ दशमलव ८६ मिटर) भन्दा पनि गहिरो खाडल चीनले किन खन्दैछ  ?

करीब दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले देशको वैज्ञानिक समुदायलाई पृथ्वीको गहिराइमा रहेका स्रोतहरूको खोजीमा अगाडि बढ्न आग्रह गरेका थिए। सीले निर्देशन दिएको करीब दुई वर्षपछि अहिले महत्त्वाकांक्षी परियोजनामा काम शुरू भएको छ । चीनमा तेल र ग्यास अन्वेषणमा काम गर्ने देशको सबैभन्दा ठूलो कम्पनी चाइना नेसनल पेट्रोलियम कर्पोरेसनका प्रतिनिधि लिउ सियाङ्गले दुईवटा उद्देश्यले यो परियोजना अगाडि बढाइएको बताएका छन्- पहिलो पेट्रोलियम पदार्थ उत्खनन् र दोस्रो वैज्ञानिक अन्वेषण । ताक्लामाकान मरुभूमिको गर्भमा ठूलो परिमाणमा ग्यास तथा पेट्रोलियम पदार्थ रहेको अनुमान छ । यस्तो गहिरो खाडललाई कायम राख्नु पनि ठूलो चुनौती भएको प्राध्यापक क्रिस्टियन फारियास बताउँछन् ।

सोभियत रुसले विगतमा १२ किलोमिटरको गहिराइ नाघ्न सफल भए पनि पृथ्वीको भित्री तहमा पुग्न निकै कठिनाइ झेलेको थियो । सोभियत संघको पतनसँगै सो परियोजना नै विफल हुन पुगेको थियो । ​चाइनिज एकेडेमी अफ इन्जिनियरिङका वैज्ञानिक सन जिनले सिन्ह्वालाई भने, ‘यो ड्रिलिंग परियोजना दुई पातलो स्टिलको तारमा ठूलो ट्रक चलाउनु जस्तै हो ।’ उनको भनाइले पनि प्रस्ट पार्छ कि यो निकै कठिन योजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने