२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिला विश्वकप २०२३ : नर्वे र स्विट्जरल्यान्ड महिला विश्वकप फुटबलको अन्तिम १६ मा

२०८०, १४ श्रावण आईतवार ०९:४०

एजेन्सी | नर्वे र स्विट्जरल्यान्ड फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् ।

आज आइतवार न्युजिल्यान्डकाे इडेन पार्कमा भएको समूह 'ए' को खेलमा नर्वेले फिलिपिन्सलाई ६–० गोलले हराएर नकआउटमा स्थान पक्का गरेको हो । नर्वेकी सोफी रोमान हगले ह्याट्रिक गरिन् । यस्तै क्यराेलिन ग्राहक हनसेनर गुराे रिटेनले गाेल गर्दा नर्वेले एक गाेल आत्मघाती उपहार पायाे । नर्वे ३ खेलमा ४ अङ्कसहित दाेस्राे स्थानमा रहँदै अन्तिम १६ मा पुगेकाे हाे । फिलिपिन्स ३ खेलमा ३ अङ्कसहित पुछारमा रहेर बाहिरिएको छ ।

आजै भएको समूह 'ए' कै अर्को खेलमा स्विट्जरल्यान्डले घरेलु टोली न्युजिल्यान्डसँग गोलरहित बराबरी खेलेको छ । आजको बराबरीसँगै स्विट्जरल्यान्ड ३ खेलमा ५ अङ्कका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । आयोजक तथा घरेलु टोली न्युजिल्यान्ड बाहिरिएको छ । नर्वे र न्युजिल्यान्डकाे समान ४ अङ्क भए पनि गोल अन्तरका आधारमा नर्वे अन्तिम १६ मा पुग्यो ।

आजै अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको समूह 'एच' को खेलमा मोरक्कोले दक्षिण कोरियालाई १–० गोलले हराएको छ । जितसँगै दुई खेलमा तीन अङ्कसहित मोरक्को तेस्रो स्थानमा पुगेको छ । दुवै खेल हारेको दक्षिण कोरिया पुछारमा छ ।

अर्को खेल समूह 'एच' का जर्मनी र कोलम्बियाबीच दिउँसो सवा ३ बजे हुनेछ । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै