२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धनकुटामा सञ्चालित १७ सहकारी संस्था खारेज भए , कुन कुन परे ? (सूचीसहित)

१५ भाद्र २०८०, शुक्रबार ११:४०

भदौ १५, धनकुटा  | १७ वटा सहकारी संस्था खारेज भएका छन् । धनकुटा नगरपालिकाले धनकुटामा सञ्चालित १७ वटा सहकारी संस्थालाई खारेज गरेको हो । 

सहकारी ऐन अनुसार संस्थाको साधारण सभा प्रत्येक  आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनु पर्ने, समयमा लेखा परीक्षण गराउनु पर्ने लगायत कार्य यी सहकारीहरूले नगरेको पाइएको छ । जसले गर्दा यी सहकारीहरूलाई नगरपालिकाले खारेज गरेको जनाएको छ । 

खारेज भएका सहकारीहरूमा अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था, क्रमिक दैनिक बचत तथा ऋण सहकारी संस्था, जनकल्याण बचत तथा ऋण सहकारी संस्था, भिरगाउँ दुग्ध उत्पादक सहकारी संस्था र थानी उपभोक्ता सहकारी संस्था रहेका छन् । यसका साथै श्री हजुरको उपभोक्ता सहकारी संस्था र नजसाहारा उपभोक्ता सहकारी संस्था पनि खारेज भएको छ । 

त्यस्तै, मधुगंगा सुन्तले विद्युत् सहकारी संस्था, सहयात्री कृषि सहकारी संस्था, टुकुनाला कृषि सहकारी संस्था, मकालु चिया तथा कफि उत्पादन साना किसान सहकारी संस्था, अर्ग्यानिक तरकारी उत्पादन तथा कृषि पर्यटन सहकारी, सदाबहार कृषि सहकारी, सुगन्धित चिया उत्पादन सहकारी संस्था र आठपहरिया बङ्गुर पालन सहकारी पनि खारेज भएका छन् । नव बिहानी कृषि सहकारी र सान्ताङ कृषि सहकारी संस्थालाई पनि खारेज गरिएको नगरपालिकाले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै