२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफू २१ वर्षदेखि बिनाबिदा क्रियाशील रहेको प्रधानमन्त्री मोदीको दाबी

२०७७, १० चैत्र मंगलवार १६:११

चैत १०, नयाँ दिल्ली (रासस/एएनआई) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू २१ वर्षदेखि बिनाबिदा देश र जनताका लागि क्रियाशील भएको दाबी गर्नुभएको छ ।   

भारतीय जनता पार्टी (भाजपा) को मङ्गलबार बसेको बैठकमा बोल्ने क्रममा उहाँले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई काम गरिरहेको बताउनुभएको हो ।

उहाँले आफूले झैँ बिनाबिदा जनताको सेवामा निरन्तर क्रियाशील हुन सांसदहरुलाई पनि  निर्देशन दिनुभएको केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, “मैले कोरोनाभाइरसको महामारीका बेलामा पनि कुनै कमी नगरी लगातार सेवामा लागि रहेँ, विश्व नै थिलोथिलो भइरहेका बेला पनि भारतले त्यो चुनौतीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सफल भयो ।”

उहाँले विश्वका ११० देशका नेताहरुले भारतमा कोरोनाभाइरसको महामारीको व्यवस्थापन राम्रो भएको स्वीकार गरेको जानकारी पनि दिनुभएको थियो । 

उहाँले देशका करोडौँ जनताको जीवन जोगाउने कुरा सानोतिनो चुनौती नभएको पनि उल्लेख गर्नुभएको मन्त्री मेघवालले बताउनुभयो । 

असाधारण चुनौतीलाई निरन्तरको क्रियाशीलता र सेवा भावनाले नै जित्न सकेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।  

प्रधानमन्त्री मोदीले त्यहीअनुसारको क्रियाशीलता र सेवाको भावनाका साथ संसद्मा नियमित उपस्थित हुन र जनताको काम गर्न पटक पटक जोड दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ