आममाफी पाएका रिगललाई जेल चलान गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

साझासवाल
1 Min Read

असोज २४, काठमाडौँ | महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन गरेका छन्। बुधबार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

उनलाई कैद मिनाह दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनसनरत छन्। उनीहरूले चेतन मानन्धरको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै शान्तिपूर्ण खबरदारी बिरोध र्‍याली निकालेका छन्।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका रिगललाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाह गरेको थियो। रिगल २०७२ असार २८ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए। रिगलविरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ।

आन्दोलनमा उत्रिएका महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले सरकारले रिगललाई आममाफी दिई संविधानको धज्जी उडाएको बताइन्। दिनदहाडै हत्या गरेको अभियोगमा सजाय काटिरहेका अभियुक्तलाई सरकारले आममाफी दिनु आफैमा अर्को अपराध भएको उनको भनाइ थियो।

त्यस्तै अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा अन्त्य गर्नुपर्ने बताइन्। उनले अभियुक्तलाई आममाफी दिने काम गरेर सरकारले महिलामाथि नै आक्रमण गरेको बताइन्।

भारतीले न्याय पाउनुपर्ने आन्दोलनकारीहरुको माग थियो।

Share This Article
Leave a Comment

Leave a Reply