२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तपस्वी बम्जनलाई आफूहरूको जिम्मा लगाउन भन्दै समर्थक लिएर सीआईबी पुगिन् पूर्वमन्त्री

२०८०, २५ पुष बुधबार ०६:४५

पुस २५, काठमाडौँ | मंगलबार पक्राउ परेका तपस्बी रामबहादुर बम्जनलाई प्रहरीले सर्लाही लैजाने तयारी गरेको छ । पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेर सीआईबीले दिउँसो बम्जनविरुद्ध मुद्दा चलिरहेको सर्लाहीमा आवश्यक कारबाही प्रक्रियाका लागि लैजान लागेको हो ।

यसैबीच, पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा बम्जनलाई आफूहरूले प्राइभेट गाडीमा लैजाने भन्दै महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी छन् । रामबहादुर आफूहरूको ‘भगवान्’ रहेको भन्दै हतकडी नलाउनसमेत उनले प्रहरी अधिकारीसँग माग गरेकी छन् ।


तर, सीआईबीका अधिकारीले त्यसरी जिम्मा दिन नमिल्ने भन्दै अदालतमा म्याद थपलगायत आवश्यक कारबाहीका लागि प्रहरीले नै लैजाने जवाफ दिएका छन् । सीआईबी प्रवक्ता नवराज अधिकारीले बम्जनमाथिको मुद्दा र पक्राउबारे विस्तृत जानकारी गराउन आज दिउँसो १ बजे पत्रकार सम्मेलन राखिएको जानकारी दिए ।

बिहानैदेखि सीआईबीमा बम्जनका समर्थक भेला भएका छन् । बम्जनले कानूनलाई सम्मान गर्ने भन्दै समर्थकलाई उत्तेजक नहुन आग्रह गरेको बताइएको छ । बलात्कार, हत्या, बेपत्ता पारेकोलगायतका आरोपमा बमजनविरुद्ध प्रहरीमा उजुरी छ । हिजो परिवार भेट्न आउँदा उनी बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी