2026-09-02 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा जग्गाधनीले नमाने पनि जनप्रतिनिधीले अवरुद्ध सडक खोले

प्रेम सुनार/कात्तिक ११, गुल्मी । रेसुङ्गा नगरपालिका वडा नम्वर–९ उपल्लो तम्घासमा गत ६ वर्ष अघि देखि एक जना स्थानियले अवरुद्ध गरेको सडक जनप्रतिनिधीहरुले शनिवार डोजर चलाएर खोलेका छन् । 

खालाचौर हुँदै उपल्लो तम्घासका भित्रि घर–घर सम्म पुराएर यातायात सुविधा दिने उद्देश्यका साथ आर्थिक वर्ष २०६७/०६८ सालमा साविकको तम्घास गाविसले खनेको करिव २ किलो मिटर उक्त सडकमा एक जना मात्र जग्गाधनी शुसिला मारासीनीले आफ्नो जग्गाबाट बाटो हाल्न नदिने अडान लिदै आए पछि अलपत्र परेको थियो ।

स्थानिय तहको निर्वाचन ताका देखि नै त्यहाँबाटो दिन मरासीनी संग स्थानियले हात जोड्दा पनि उहाँले अडान नछाडेकोले अहिले बाध्य भएर उपभोक्ताहरुले जनप्रतिनिधी गुहारेर सडक सुचारु गर्न लागिएको शिक्षक समेत रहेको उपभोक्ता कृष्णप्रसाद मरासीनीले बताए । उनले उक्त कार्यका लागि जनप्रतिनिधीहरुलाई धन्यबाद समेत दिए ।

‘उहाँ एक जनाको करिव ७ हात जमिन काटिदैमा उहाँलाई केहि फरक पर्दैन्थ्यो, यहिका मानिसले मालपोत कार्यालयलाई त्यति धेरै जग्गादान पनि गरेका छन् ’–स्थानियवासीधेरैले भने–‘६०÷७० घरधुरीको सुविधा रोक्का गर्नु उहाँको गलत कार्य हो ।’ 

उपभोक्ताहरु चन्द्र पन्थी, किशोरप्रसाद मरासीनी, विष्णु पाण्डे, वडा सदस्यद्धय जुना बिश्वकर्मा, विमला पाण्डे, प्रदिप पन्थी, कृष्णप्रसाद मरासीनी र राममणि पन्थीले शुसिला मरासीनीको अवरोधलाई गलत सोंच र कसैको उक्साहट भनेका छन् ।

वडा नम्वर ९ का वडाध्यक्ष नारायण बरालले उपभोक्ताहरुले हामी जनप्रतिनिधीहरुलाई अवरुद्ध सडक खोल्न रातै दिन दवाव दिए पछि आफुहरु आएर खोल्न लागेको बताए । 

राज्यकोषबाट खर्च गरी खनिएको सडकलाई एक जना उपभोक्ता मरासीनी कै कारण अवरुद्ध हुन नहुने बताउँदै उनले भने–‘उहाँ र उहाँका छोराहरु संग समेत पटक पटक आग्रह गर्दा पनि नमाने पछि वडा कार्यालयको बैठक बसी डोजर चलाईएको हो ।’

उनका अनुसार उति वेला मरासीनीले मञ्जुरी दिएर उनको जग्गाबाट बाटो खोलिएको थियो । बाटो खोलेको केहि समय पछि मरासीनीले वारा हालेर रोकेकी थिईन् । 

करिव ४ रोपनी मरासीनीको वारीको कुनाको एउटा गौडाको करिव ७  हात जमिन काटिने उपभोक्ताहरु । उनको त्यति जमिन काटिए पनि प्रशास्त घटेरीहरु बन्ने उनिहरुको भनाई छ ।

मरासीनी परिवारका छोरा फर्शुराम मरासीनीले भने जनप्रतिनिधी भन्दैमा जनताको अधिकार छिनेर जवरजस्त गर्न नपाईने बताए । म घर छैन् मरासीनीले भने मेरी बृद्धा आमालाई एक्लाएर जवरवस्ती हाम्रो जमिनमा डोजर चलाईदै छ भन्ने सुनेको छु म कानुनतः न्याय खोज्न जाने छु, मरासनीनीले भने सहमतिमा जमिन दिन सकिन्न तर जवरजस्ती गरेकोले दिईन्न ।

उनले जिल्ला प्रशासन कार्यालयमा पनि शान्ति सुरक्षा कायम गरी पाउँ भनि निवेदन दिएको बताए । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पनि त्यस्तो जवरजस्तीलाई साथ दिएको उनले गुनासो गरे । 

कांग्रेसका एक जना कार्यकर्ता एवं स्थानियवासीले जनप्रतिनिधीहरुले सवै राजनैतिक दलको भेला गराई सम्वन्धितलाई सहमत गराउनुको साटो आफुहरु कसैलाई पनि नवोलाई जवरजस्ती जनप्रतिनिधीहरुले एमालेकरण गरेको आरोप लगाए ।

वडाध्यक्ष वराल एमालेबाट विजयी जनप्रतिनिधी हुन् । वडाध्यक्ष वरालले आफुलाई असफल पार्न केहि पक्षले विवाद चर्काउने र विकास निर्माण संग जोडिएका मानिसहरु उक्साउँदै आएर आफुलाई बाधा पार्दै आएको प्रतिकृया दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली