2026-08-26 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोलीको छर्रा लागेकी अनुपामा १५ वर्षपछि खुशी फर्कियो

—सुरेन्द्र भण्डारी | चैत २०, झापा | पाँचथरको हिलिहाङ गाउँपालिका–७ निवासी ३१ वर्षीया अनुपा राईको १५ वर्षपछि खुशी फर्किएको छ । 

ओखलढुंगाको कुइभीर माविमा कक्षा–९ मा अध्ययनरत रहेकै बेला जनयुद्धमा होमिनुभएकी अनुपा ०५९ साल वैशाख २४ गते संखुवासभाको चैनपुर आक्रमणमा सेनाले थापेको धरापमा पर्नुभएको थियो । त्यो बेला लागेको गोलीको छर्रा बिर्तामोडमा रहेको बिएण्डसी हस्पिटलले निकाल्दै निःशुल्क उपचार शुरु गरेपछि उहाँमा १५ वर्षपछि खुशी फर्किएको हो । 

दश वर्ष लामो गृहयुद्धपछि शान्ति सम्झौता भएको ११ वर्ष बितिसक्दा समेत उपचारमा कसैले चासो नदिँदा अनुपा विगत १५ वर्षदेखि शरीरभरि गोलीको छर्रा लिएर कष्टपूर्ण जीवन बिताइरहनुभएको थियो । 

२०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएपछि तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो । 

युद्धविराम पछि माओवादी शान्तिपूर्ण राजनीतिमा आएर पटक–पटक सरकारमा पुगे पनि जनयुद्धकी घाइते अनुपाको उपचारका लागि न त पार्टीले सहयोग गर्यो न त सरकारले नै । आर्थिक अभावका कारण शरीरभरि गोलीका छर्रा लिएर कष्टपूर्ण जीवन बिताइ रहनुभएकी अनुपाको बिएण्डसी अस्पतालले निःशुल्क उपचार शुरु गरेसँगै उहाँमा गुमेको खुशी पुनः फर्किएको हो । 

आफैँलाई पढाउने शिक्षकसहित १५ जना साथी एकैपटक माओवादीमा प्रवेश गर्दै युद्धमा होमिनुभएकी अनुपालाई चैनपुर आक्रमणमै शहीद घोषणा गरिएको थियो । सोमबार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अनुपाले भन्नुभयो – मलाई चैनपुर आक्रमण मै मृत्यु घोषणा गर्दै शहीद घोषणा गरियो । तर, दुई दिनपछि मेरो होस आएर स्थानीयवासीको सहयोगमा म २१ दिनपछि पार्टीको सम्पर्कमा पुगेँ । तर, शरीरमा लागेका गोलीका छर्रा निकाल्न नसक्दा आज पनि घाइते अवस्थामा दुःखले जीवन बिताइरहेकी छु । 

पाँचथरमा अनुपा आर्थिक अभावमा शरीरभरि गोलीका छर्रा लिएर उपचारका लागि वर्षौंदेखि भौँतारिइरहेको समाचार राष्ट्रिय समाचार समितिले समाचार प्रकाशन गरेपछि बिएण्डसी अस्पतालले उहाँको उपचार निःशुल्क गर्ने घोषणा गरेको थियो । दुई दिन अघि अस्पताल आइपुग्नुभएकी उहाँलाई निःशुल्क उपचार शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाँईले बताउनुभयो । 

यता अस्पतालका न्यूरो सर्जन डा पंकज नेपालले आज अनुपाको शल्यक्रिया गर्ने बताउनुभयो । “उहाँको एउटा छर्रा जटिल ठाउँमा छ, त्यो छर्राले दिमागलाई छोएको छ,” डा पंकजले भन्नुभयो “मान्छेको दाहिने दिमागले देब्रेलाई कन्ट्रोल गर्छ, देब्रेले दाहिनेलाई । उहाँको दाहिने दिमागमा छर्रा छ, त्यसैले देब्रे दिमाग लाटो भएर बसेको छ ।” 

दिमागभित्रको छर्रा गर्मीमा तातेपछि अनुपालाई असर गरिरहेको डाक्टर पंकजले बताउनुभयो । “यो छर्रा निकाल्न सम्भव छ, हामीले पहिले पनि यस्तै ठाउँमा भएको छर्रा निकालेका छौँ,” उहाँले भन्नुभयो – “यो एकदमै जटिल शल्यक्रिया हो, म चारजनाको टिम लिएर जान्छु, झण्डै १० घण्टा समय लगाएर अनुपाको सफल शल्यक्रिया गर्छु ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग