पुस २९, हेटौंडा | मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार थाहा नगरपालिका वडा नम्बर–१२ गैरीगाउँस्थित घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत मकवानपुरबाट २० वर्ष कैद सजाय पाएर फरार रहे ४५ वर्षीय मोटे स्याङतान भन्ने राम चन्द्र स्याङ्तान र सोही स्थानका ५० वर्षीय सार्की माईला भन्ने कालु गोलेलाई आइतबार मकवानपुर प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले २०६३ जेठ १९ गते साबिकको टिस्टुङ गाविस वडा नम्बर ४ अर्थात् हालको थाहा नगरपालिका- १२ गैरीगाउँमा ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेका थिए।

यस्तै उनीहरूलाई जिल्ला अदालत मकवानपुरले २०६७ असोज ८ गते २० वर्षको कैद गर्ने फैसला सुनाएको थियो। हत्या गरी फरार रहेका उनीहरूलाई प्रहरीले आज मकवानपुरकै थाहा नगरपालिका-१२ गैरीगाउँबाट पक्राउ गरी आजै अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।