१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्तव्य ज्यान मुद्दामा फरार रहेको २ अभियुक्त १७ वर्षपछि पक्राउ

२९ पुष २०८०, आईतवार ०९:५३

पुस २९, हेटौंडा | मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

आइतबार थाहा नगरपालिका वडा नम्बर–१२ गैरीगाउँस्थित घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत मकवानपुरबाट २० वर्ष कैद सजाय पाएर फरार रहे ४५ वर्षीय मोटे स्याङतान भन्ने राम चन्द्र स्याङ्तान र सोही स्थानका ५० वर्षीय सार्की माईला भन्ने कालु गोलेलाई आइतबार मकवानपुर प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले २०६३ जेठ १९ गते साबिकको टिस्टुङ गाविस वडा नम्बर ४ अर्थात् हालको थाहा नगरपालिका- १२ गैरीगाउँमा ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेका थिए।   

यस्तै उनीहरूलाई जिल्ला अदालत मकवानपुरले २०६७ असोज ८ गते २० वर्षको कैद गर्ने फैसला सुनाएको थियो। हत्या गरी फरार रहेका उनीहरूलाई प्रहरीले आज मकवानपुरकै थाहा नगरपालिका-१२ गैरीगाउँबाट पक्राउ गरी आजै अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन