Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 19, 2020 पर्बत - PBT, समाज

पर्वत सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पौडेल निर्वाचित

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । पर्वत सुनचाँदी व्यावसायी संघको अध्यक्षमा ठाकुर वि पौडेल निर्वाचित भएका छन् ।  सुनचाँदी व्यवसायीको  सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेल निर्वाचित भएका ह्ुन । उनी पर्वत उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष समेत हुन ।

त्यस्तै संघको उपाध्यक्षमा मोहलाल विश्वकर्मा, विनोद विक्रम पोख्रल, सचिवमा कुलबहादुर सुनार, कोषाध्यक्षमा कृष्ण विस्वकर्मा, सहसचिवमा सुर्य रसाइली, सहकोषाध्यक्षमा टिकाराम विश्वकर्मा निर्वाचित भएका छन् ।

सदस्यहरुमा सुजन विश्वकर्मा , भुवन विश्वकर्मा ,धनराज वि.पौडेल, प्रकाश विश्वकर्मा ,विकास श्रेष्ठ ,नवीन विश्वकर्मा, ओम बहादुर विश्वकर्मा र विवेक सुनार निर्वाचित भएका छन् ।

सतौ साधरणसभाको उद्घाटन गर्दै  जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्माले व्यवसायी हरु राज्को नितिनियम मा रहेर मर्यादित रुपले जिम्मेवार भई व्यवसाय संचालन गर्न आग्रह गर्दै सफलतापुर्बक कार्य सम्पन्न गरेकोमा समितिलाई बधाई तथा आउने कार्य समितिलाई सफल कार्य को लागि शुभकामना दिए ।

नयाँ नेतृत्वले सुनचाँदी व्यवसायीको हकहितको रक्षा सक्ने सक्षम नेतृत्व चयन हुनेमा आफू विश्वस्त रहेको बताए । उनले सुनचाँदी व्यवसायीको हकहितको संरक्षणको लागि जिल्लाका सुनचाँदी व्यवसायीहरु एक हुनु आवश्यक रहेको बताएका थिए ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका उपाध्यक्ष  तथा   कार्यक्रमका विशिष्ट अतिथि निर्मल विश्वकर्मा, पुर्वअध्यक्ष लखन सुनार, सल्लाहकार तथा फनपा ११ का वडाअध्यक्ष जितवहादुर सुनार,सुनचाँदी व्यावसायी महिला समुहकी अध्यक्ष तारा विश्वकर्मा लगाएतले सफल कार्यकार्य सम्पन्न गरेको भन्दै विकास विश्वकर्मा नेतृत्वको टिमलाई बधाई तथा धन्यबाद दिएका थिए  भने नयाँ कार्यासमितिलाई सफलताको शुभकामना दिएका थिए ।

जिल्ला अध्यक्ष विकास विश्वकर्माको अध्यक्षतामा भएको सातौ साधरण सभाको स्वागत उपाध्यक्ष कृष्णवहादुर सुनार र संचालन सचिव विनोद विक्रम पोख्रेलले गरेका थिए ।