१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गौर नरसंहार भएको राइसमिलको जग्गा नगरपालिकाले अधिग्रहण गर्ने

१४ माघ २०८०, आईतवार ०३:३६

माघ १४, रौतहट | गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले क्रिकेट खेलको मैदानको रुपमा गौर बासीले देखेका सपना छिटै पूरा हुने बताएका छन् ।

गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर राईस मिलको मैदानमा आयोजना गरिएको मेयर कप २०८० को उदघाटन समारोहमा सम्बोधन गर्दै मेयर साहले जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढ़ी सकेकोले गौर राइस मिलको जग्गा चालू आर्थिक वर्षको अन्त्य सम्म अधिग्रहण हुने दावी गरे।

मेयर साहले भने वर्षो देखि क्रिकेट खिलाड़ीहरुले खेल मैदानको लागि देख्दै आएको सपना अब पूरा हुने बताए ।  जग्गा अधिग्रहणको ७५ प्रतिशत काम आषाढ़ मसान्तसम्म सकिने र त्यस पछि स्टेडियम निर्माणको लागि पहल समेत गरिने मेयर साहले आश्वासन दिएका छन ।

रौतहटमा पहिलो पटक आयोजना हुन लागेको पालिका क्रिकेट कप प्रतियोगिताको लागि खेलाडी छनौट गर्ने मेयर कपको आयोजना गरिएकोले खेलाडीहरुलाई अनुसाशनमा बसेर आफ्नो प्रतिभा देखाउन आग्रह गरे ।

गौर राइस मिलको जग्गा अधिग्रहण गर्नको लागि २०७५ साल देखि नै प्रक्रिया जारी रहेकोमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले सार्वजानिक सरोकारका विषय रहेको गौर राइस मिलको जग्गा अधिग्रहण गर्नका लागि १५ करोड़ रुपैया विनियोजन गरेर अधिग्रहणको प्रक्रिया अगाडी बढाउन जिल्ला प्रशासन कार्यालय रौतहटलाइ प्रदेश सरकारले पत्राचार समेत गरिसकेको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको पालामा प्रदेश सरकारले पत्र पठाउदा पनि जिल्ला प्रशासन कार्यालयले पत्र अनुसार कार्यवाही अगाडी बढाउन नसक्दा प्रक्रिया ओझलमा परेको छ ।

क्रिकेट संघका अध्यक्ष पवन साहको सभापतित्वमा सम्पन मेयर कप उदघाटन कार्यक्रम नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा , क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त विक्रम नेपाल लगायतले आ आफ्नो मंतव्य राखेका थिए भने कार्यक्रममा नगर पालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुर, सशस्त्र प्रहरी बल नेपाल बीओपी गौर भन्सारका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमर लामाको सहभागिता रहेको थियाे । 

मेयर कपको पहिलो दिन भएको खेलमा गौर नगरपालिका- १ ले गौर नगरपालिका- ५ को टीम लाइ पराजित गर्दै विजयी शुरुवात गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक