२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाग्लुङ पहिरो: थप एक जनाको शव फेला, अझै दुई जना बेपत्ता

२०८१, २४ श्रावण बिहीबार १०:२७

साउन २४, बाग्लुङ । गत मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ ।

पहिरोमा अझै दुई जना बेपत्ता रहेका छन्। पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।


प्रहरीले १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको जानकारी दिएको छ । पहिरोले घर पुरिँदा बेपत्ता भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको उनको भनाइ छ ।

पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलबारनै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको थियो ।

पहिरोमा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते