By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    12 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    13 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    17 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: शेख हसिनाको बहिर्गमनपछि बंगलादेशमा किन हिन्दुहरू निसानामा परे ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > विश्व > शेख हसिनाको बहिर्गमनपछि बंगलादेशमा किन हिन्दुहरू निसानामा परे ?
विश्व

शेख हसिनाको बहिर्गमनपछि बंगलादेशमा किन हिन्दुहरू निसानामा परे ?

साझासवाल
Last updated: August 8, 2024 10:16 am
साझासवाल
6 Min Read
Share

साउन २४, काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि राजधानी ढाकाका एक व्यक्तिलाई अत्तालिएकी आफ्नी बहिनीको फोन आयो। अविरुप सरकार एक बंगलादेशी हिन्दु हुन्, जो ९० प्रतिशत मुस्लिम जनसङ्ख्या भएको देशमा बस्छन्।

अविरुपकी बहिनीको श्रीमान् बितिसकेका र उनी संयुक्त परिवारमा बस्छन्। यो परिवार ढाकाबाट करिब १०० किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रोकोनामा बस्छ ।

त्यो फोनको बारेमा अविरुपले भने, ‘बहिनी निकै डराएकी थिइन् । बहिनीका अनुसार उनको घरमा भीडले आक्रमण गरी लुटपाट गरिएको थियो ।’

करिब १ सय जनाको भीडले लाठी लिएर घरभित्र पसेर फर्निचर, टिभी र बाथरुमको सामानसमेत तोडफोड गरेको उनकी बहिनीले बताइन् । उनीहरूले घरका ढोकाहरू समेत फुटाएका थिए ।

बाहिर निस्कनुअघि यी मानिसहरूले घरमा राखिएका सबै पैसा र गहनासमेत लुटेका थिए। तर, त्यहाँ उपस्थित १८ जनामध्ये कसैलाई भीडले आक्रमण गरेन । यी १८ जनामध्ये ६ जना बालबालिका थिए ।

लुटपाट गरेर जानुअघि भीडले उनीहरूलाई चेतावनी दिएका थिए, ‘तिमीहरू अवामी लिगका सन्तान हौँ ! तिम्रो कारणले यो देशको हालत खराब छ, तिमीहरूले देश छाड्नुपर्छ।’

हिन्दुहरू निशानामा किन ?

अविरुप सरकारले आफू घटनाबाट स्तब्ध भए पनि यो घटनाबाट आफू त्यति अचम्ममा भने नपरेको बताए । बंगलादेशमा अल्पसङ्ख्यक हिन्दहरूलाई सामान्यतया शेख हसिनाको पार्टी अवामी लिगका समर्थक मानिन्छ र इस्लामिक देशमा उनीहरूमाथि विपक्षीहरूले बेलाबेला आक्रमण गर्ने गरेको उनी बताउँछन्।

शेख हसिनाले देश छोडेपछि सामाजिक सञ्जालमा हिन्दु सम्पदा र मन्दिरमा आक्रमण भएको समाचारको बाढी आएको थियो ।

भारतका विदेशमन्त्री एस. जयशंकरले अगस्ट ६ मा संसद्मा भने, ‘सबैभन्दा चिन्ताजनक कुरा त्यहाँ बसोबास गर्ने अल्पसङ्ख्यकहरू हुन्। धेरै ठाउँमा उनीहरूको पसल र मन्दिरमा हमला भएको रिपोर्ट आएको छ। यद्यपि यसबारे पूर्ण जानकारी अझै प्राप्त भएको छैन।’

तर, यी सबैको बिचमा यो बर्बरतालाई रोक्न धेरै मुस्लिम युवाहरू हिन्दुहरूको घर र धार्मिक स्थलको रक्षा गर्न अगाडि बढिरहेका छन् ।

अविरुप सरकारले भने, ‘बंगलादेशी हिन्दुहरू सजिलो लक्ष्य हुन्। जब अवामी लिगले सत्ता गुमाउँछ, उनीहरू (हिन्दुहरू)माथि आक्रमण हुन्छ।’

अविरुपकी बहिनीको घरमा आक्रमण भएको यो पहिलो पटक भने होइन । सन् १९९२ मा भारतको अयोध्यामा रहेको बाबरी मस्जिद भत्काएपछि बंगलादेशमा पनि अल्पसङ्ख्यकमाथि आक्रमण भएको थियो । त्यसबेला भीडले अविरुपकी बहिनीको घरमा तोडफोड गरेको थियो ।

त्यसपछिका दशकहरूमा हिन्दुहरूमाथि धेरै आक्रमणहरू भएका छन् ।

मुस्लिमले हिन्दुको रक्षा गरिरहेका छन्

बंगलादेशको मानवअधिकार समूह एनओ सालिस सेन्टरको तथ्याङ्कअनुसार सन् २०१३ को जनवरीदेखि सेप्टेम्बर २०२१ सम्ममा हिन्दु समुदायमाथि ३ हजार ६ सय ७९ वटा आक्रमण भएका छन् । यसमा तोडफोड, आगजनी र लक्षित हिंसा समावेश छ।

२०२१ मा दुर्गा पूजाको समयमा हिन्दु अल्पसङ्ख्यकहरूको घर र मन्दिरहरूमा आक्रमणपछि, मानव अधिकार समूह एम्नेस्टी इन्टरनेशनलले भन्यो, ‘बंगलादेशमा विगत धेरै वर्षहरूमा व्यक्तिहरूमाथि लगातार हमला, साम्प्रदायिक हिंसा र अल्पसंख्यकका घर र पूजास्थलहरूमा निरन्तर तोडफोड भएको देखिएको छ। यो देशले अल्पसङ्ख्यकहरूको रक्षा गर्ने आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको छ।’

सोमबार अविरुपको परिवारका अन्य सदस्यले पनि हिंसाको सामना गर्नुपरेको थियो । तर, ढाकाबाट करिब १२० किलोमिटर टाढा किशोरगञ्जमा उनको आमाबुवाको घर हिंसाबाट जोगिएको थियो। यसको कारण बताउँदै उनी भन्छन्, ‘किनभने हाम्रो परिवारलाई त्यहाँ राम्रोसँग चिन्छन् र हामी पनि छिमेकका सबैलाई चिन्छौँ ।’

अविरुपका अनुसार उनकी आमाले विद्यालय चलाउँछिन् । उनले आफ्नो व्यापार साझेदारबाट मानिसहरूले आक्रमण गर्ने सम्पत्तिहरूको सूची बनाइरहेको थाहा पाएकी थिइन् । उनले भनेका थिए, ‘तिम्रो नाम त्यो सूचीमा छैन तर अलि होसियार हुनुपर्छ।’

पछि अविरूपका बुवाले आफ्नो घरबाहिर फलामको गेटमा सानो भीड जम्मा भएको देखे । त्यसपछि उनले परिवारलाई भित्रै थुनेर राखे ।

अविरुप भन्छन्, ‘मेरो बुवाले भीडबाट कसैलाई त्यहाँ नजानु, त्यहाँ गर्न केही छैन भनेको सुनेँ।’ यसपछि भीड तितरबितर भयो । 

तर केही दूरीमा किशोरगञ्जको नोगुवा क्षेत्रमा हिन्दु घरहरू लुटिएको खबर आएको थियो। अविरुप भन्छन्, ‘त्यहाँ करिब २०-२५ घरमा हमला भएको सुनेको छु। मेरो हिन्दु साथीको सुन पसलको फोडेर सबै गरगहना लुटियो। तर, तिजोरी तोड्न वा लुट्न सकेनन्।’

अब के?

ढाकाबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने शेरपुर जिल्लाको इलाकामा रहेको अविरुपकी श्रीमतीको घर पनि खतरामा परेको थियो ।

उनको घरमा आक्रमण नभए पनि भीडले छिमेकी हिन्दुको घरमा लुटपाट गरेको थियो । राम्रो कुरा यो हो कि हिंसाको खबर फैलिने बित्तिकै स्थानीय मुस्लिमहरूले हिन्दु घर र मन्दिर वरिपरि सुरक्षा घेरा बनाए।

उनी भन्छन्, ‘पूरै बंगलादेशमा यस्तो भइरहेको छ। मुस्लिमहरूले हिन्दुहरूको सम्पत्तिको रक्षा गरेका छन्।’

तर कुरा यहाँ समाप्त भएन। सोमबार रातिदेखि ढाकास्थित अविरुपको १० तले अपार्टमेन्ट बाहिर पनि भीड जम्मा हुन थाल्यो ।

अविरुप त्यहाँ आफ्नी श्रीमती र छोरीसँग बस्छन्। उनले महसुस गरे कि यी मानिसहरू आफ्नो भवनमा बस्ने एक अवामी लिग काउन्सिलरलाई भेट्न त्यहाँ आएका थिए।

अविरुपले भने, ‘छैटौँ तलाको बार्दलीमा आएर मैले देखेँ कि भीडले भवनमा ढुङ्गा हानेर ढोका तोड्न खोजिरहेको थियो। ढोका राम्ररी बन्द भएकाले उनीहरू भित्र पस्न सकेनन्। उनीहरू पार्किङमै उभिएर बसेका थिए। केही सवारी साधन र सिसाहरू मात्र क्षतिग्रस्त भए ।’

अविरुपकी बहिनीले अहिले उनको परिवारमा थप आक्रमण हुन सक्ने डर रहेको बताइन् । उनले सेनामा रहेका आफ्ना एक जना साथीलाई बोलाए र आफ्नो छिमेकमा सैन्य गाडीहरू गस्ती जारी राख्न अनुरोध गरे।

उनी भन्छन्, ‘यो धेरै पीडादायी समय हो। यहाँ कानुन र व्यवस्था छैन । हामीलाई फेरि निशाना बनाइँदैछ ।’ -बीबीसी हिन्दी

Share This Article
Facebook Email Copy Link Print
Previous Article साउथ स्टार नागा चैतन्यले गरे शोभिता धुलिपालासँग इन्गेजमेन्ट
Next Article बाग्लुङ पहिरो: थप एक जनाको शव फेला, अझै दुई जना बेपत्ता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

मुख्य समाचारविश्वसूचना प्रबिधि

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

1 year ago
काठमाडौँ - KTMविश्व

भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो

57 years ago
विश्व

भारतमा भयानक दुर्घटनाः ८ को मृत्यु २३ घाइते

57 years ago
काठमाडौँ - KTMविश्व

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?