तलब बढाउन माग गर्दै निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मेघावाट) का मजदुरहरु आन्दोलित भएका छन् । लामो समयदेखि तलबभत्ता पनि नपाएको भन्दै तलब भत्ता भुक्तिानी दिनुपर्ने र तलब बृद्धि गर्नुपर्ने भन्दै आन्दोलित भएका हुन ।

 ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  तलब बढाउन माग गर्दै निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मेघावाट) का मजदुरहरु आन्दोलित भएका छन् । लामो समयदेखि तलबभत्ता पनि नपाएको भन्दै तलब भत्ता भुक्तिानी दिनुपर्ने र तलब बृद्धि गर्नुपर्ने भन्दै आन्दोलित भएका हुन ।

 ज"/>

2026-09-13 01:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तल्लो मोदी जलविद्युत आयोजनाका मजदुर आन्दोलित

भदौ २३, पर्वत  तलव बढाउन माग गर्दै निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मेघावाट) का मजदुरहरु आन्दोलित भएका छन् । लामो समयदेखि तलबभत्ता पनि नपाएको भन्दै तलब भत्ता भुक्तिानी दिनुपर्ने र तलब बृद्धि गर्नुपर्ने भन्दै आन्दोलित भएका हुन् ।

 जलविद्युत आयोजना सम्पन्न गर्ने समय सकिएपनि अझै आयोजनाले पूर्णता पाएको छैन । आयोजनाको टनेलभित्र पानी चुहिएका कारण मर्मतकार्य अहिले जारी छ । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा पटक पटक मजुदर कर्मचारीले आन्दोलन गर्दै आएका कारण तोकिएकै समयमा आयोजनाले उत्पादन दिन सकेको छैन । परीक्षण उत्पादनको तयारीमा रहेका बेला टनेलभित्र पानी चुहिएपछि अहिले मर्मत कार्य जारी छ ।

कुश्मा नगरपालिका–८ चुवाको परादीस्थित विद्युतगृहदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो सुरुङको बीचबीचमा कमजोर भू–भाग भेटिएको थियो । 

हेडबक्समा ढोका मर्मत गर्ने र परीक्षण गर्ने काम चलेको थियो भने विद्युतगृहमा जेनेरेटरलगायतका सामग्री जडान र परीक्षणकै क्रममा थिए । कर्मचारीको आन्दोलनका कारण परीक्षण उत्पादन झन् ढिलाइ हुने भएको छ ।

विसं २०६९ साउनमा निर्माण शुरु आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र सुरुङभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो । लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयवासीको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले