Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रहरी आचरण अनुकूल काम नगर्ने चालिस प्रहरी कारबाहीमा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २५, नेपालगन्ज । प्रहरी आचरण अनुकूल काम नगर्ने बाँके जिल्लाका ४० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले विभागीय कारबाही गरेको छ ।

सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार गत एक वर्षको अवधिमा प्रहरी सङ्गठनलाई बदनाम गर्ने गरी काम गर्ने प्रहरी निरीक्षकदेखि जवानसम्म ४० जनालाई कारबाही गरिएको हो ।

आचरणअनुसार काम नगर्ने एक प्रहरी निरीक्षकको बढुवा रोक्का गरिएको छ भने अर्काले नसिहत पाएका छन् । २२ प्रहरी जवान, छ हवल्दार, दुई प्रहरी सहायक निरीक्षक, आठ प्रहरी नायब निरीक्षक र दुई प्रहरी निरीक्षक कारबाहीमा परेका हुन् ।

त्यसैगरी सो अवधिमा उत्कृष्ट काम गर्ने ४३ प्रहरीलाई जिल्ला प्रहरी कार्यालयवाट पुरस्कृतसमेत गरिएको उहाँले बताउनुभयो । पुरस्कृत हुनेमा दुई प्रहरी नायब उपरीक्षक, दुई प्रहरी निरीक्षक, पाँच प्रहरी नायब निरीक्षक, चार प्रहरी सहायक निरीक्षक, १४ प्रहरी हवल्दार र १६ प्रहरी जवान छन् । रासस