साउन २५, नेपालगन्ज । प्रहरी आचरण अनुकूल काम नगर्ने बाँके जिल्लाका ४० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले विभागीय कारबाही गरेको छ । 

सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार गत एक वर्षको अवधिमा प्रहरी सङ्गठनला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, नेपालगन्ज । प्रहरी आचरण अनुकूल काम नगर्ने बाँके जिल्लाका ४० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले विभागीय कारबाही गरेको छ । 

सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार गत एक वर्षको अवधिमा प्रहरी सङ्गठनला"/>

2026-11-01 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी आचरण अनुकूल काम नगर्ने चालिस प्रहरी कारबाहीमा

साउन २५, नेपालगन्ज । प्रहरी आचरण अनुकूल काम नगर्ने बाँके जिल्लाका ४० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले विभागीय कारबाही गरेको छ । 

सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार गत एक वर्षको अवधिमा प्रहरी सङ्गठनलाई बदनाम गर्ने गरी काम गर्ने प्रहरी निरीक्षकदेखि जवानसम्म ४० जनालाई कारबाही गरिएको हो । 

आचरणअनुसार काम नगर्ने एक प्रहरी निरीक्षकको बढुवा रोक्का गरिएको छ भने अर्काले नसिहत पाएका छन् । २२ प्रहरी जवान, छ हवल्दार, दुई प्रहरी सहायक निरीक्षक, आठ प्रहरी नायब निरीक्षक र दुई प्रहरी निरीक्षक कारबाहीमा परेका हुन् । 

त्यसैगरी सो अवधिमा उत्कृष्ट काम गर्ने ४३ प्रहरीलाई जिल्ला प्रहरी कार्यालयवाट पुरस्कृतसमेत गरिएको उहाँले बताउनुभयो । पुरस्कृत हुनेमा दुई प्रहरी नायब उपरीक्षक, दुई प्रहरी निरीक्षक, पाँच प्रहरी नायब निरीक्षक, चार प्रहरी सहायक निरीक्षक, १४ प्रहरी हवल्दार र १६ प्रहरी जवान छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द