४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार निर्वाचनको मिति घोषणा गर्न आतुर छ: गृहमन्त्री निधि

१० मंसिर २०७३, शुक्रबार ०९:३८

मङ्सिर १०, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सबै राजनीतिक दलको सहमति र सहकार्यमा सरकारले निर्वाचनको मिति घोषणा गर्न लागेको बताएका छन् । 

उनले भने– “निर्वाचनको मिति घोषणा गर्न सरकारले राजनीतिक दलसित संवाद गरिरहेको छ, सहमति जुट्नासाथ मिति घोषणा हुन्छ, संविधान कार्यान्वयनका गर्न निर्वाचनको विकल्प छैन ।” 

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको आजको बैठकमा गृहमन्त्री निधिले सरकारका तर्फबाट निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिँदै समितिमा विचाराधीन तीनवटा विधेयकलाई छिटो टुङ्गोमा पु¥याउन आग्रहसमेत गरे । 

समितिमा निर्वाचनसित सम्बन्धित राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३, निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ र मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ विचाराधीन अवस्थामा रहेका छन् । संविधानमा २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रीय संसद् (तीन तह) को निर्वाचन सम्पन्न गरिसक्नुपर्ने प्रावधान रहेको छ । 

ती विधेयकमाथि समितिको बैठकमा सांसदहरुले सुझाव दिने क्रम जारी रहेको छ । गृहमन्त्री निधिले भने– “तपाईंहरु समितिबाट छिटोभन्दा छिटो निर्वाचनसँग सम्बन्धित ती विधेयकलाई पारित गरिदिनुहोस्, सरकार निर्वाचनको मिति घोषण गर्न आतुर छ ।” 

सो अवसरमा सांसदहरुले तीनवटा विधेयकलाई समितिबाट पारित गराउनु पूर्व तीनवटा उपसमिति गठन गरी अध्ययन गर्न सुझाव दिएका थिए । उनिहरुले विधेयकमा निर्वाचन आयोगलाई बलियो बनाउन, थ्रेसहोल्डको प्रावधान राख्न र निर्वाचनलाई मितव्यी बनाउन सुझाव  राखेका थिए । 

यसरी आफ्नो धारणा राख्नुहुनेमा डा गङ्गालाल तुलाधर, युवराज ज्ञवाली, गोपालमान श्रेष्ठ, प्रेम सुवाल, महेन्द्रबहादुर शाही, रामकृष्ण यादव, शिवलाल थापा, श्यामप्रसाद ढकाल, विशाल भट्टराई, रेखा शर्मा, लोकमणि ढकाल, रामेश्वर फुयाँल, रवीन्द्रप्रताव शाह र शेषनाथ अधिकारी रहेका थिए । 

बैठकमा निर्वाचन आयुक्त इला शर्माले आयोगले प्रस्तुत गरेको मस्यौदाको भावना विपरीत विधेयकका मस्यौदा आएकोमा गुनासो राखे । आयोगले मस्यौदा गरेको विधेयकमा सरकारको परामर्शमा निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्ने प्रावधान रहेको थियो । 

अहिले समितिमा छलफल रहेको विधेयकको मस्यौदामा आयोगको सल्लाहमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने प्रावधान राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ