२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेहरुले अब अनलाइनबाटै श्रम गर्न यसरी फारम भर्नुस ?

२०७३, १० मंसिर शुक्रबार ०९:०८

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुले अब श्रम इजाजत लिन लाइनमा बस्नुपर्ने बाध्यता नहुने भएको छ । सरकारले श्रम लिनको लागि रातभरि पनि लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइनबाटै फारम भर्न सकिने नयाँ सुरुवात गर्न लागेको हो ।

यो काम सफल भएमा म्यानपावर मार्फत हुने श्रम पनि अनलाइन नै बनाउने तयारी छ । अनलाइनबाट सबै प्रक्रिया टुंगिएपछि मात्रै श्रम स्वीकृतिको स्टीकर लिनको लागि कामदारहरुले आफ्नो पासपोर्ट बोकेर बैदेशिक रोजगार विभाग ताहाचल जाँदा हुन्छ ।

बैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम लिने क्रममा दलालहरुले मोटो रकम अशुल गर्ने गरेको भन्दै अबको कदमले व्यक्तिगत श्रम लिनेलाई सहज हुने बिभागको बिश्वास छ । 

विभागले यो सिस्टमलाई 'फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम' नाम दिएको छ । यो सिस्टम अनुसार व्यक्तिगत श्रम स्वीकृति लिनेले सुरुमा फारम भर्नुपर्ने हुन्छ । यो निकै सजिलो प्रक्रिया हो, अनलाइन चलाउन नजान्नेहरुले साइबर तथा अनलाइन जानेकाहरु मार्फत सजिलै आफ्नो व्यक्ति गत डाटा भर्न सक्नेछन् ।

जसमा बिशेष गरि आफ्नो पासपोर्टमा भए अनुसारको नाम, ठेगाना, फारममा मागिएका अन्य विवरणहरु (पासपोर्ट अनुसार) लगायत डिटेल आवश्यक पर्छ । फेसबुक वा जीमेल आइडी बनाएजस्तै अनलाइन भर्नेले यो सिस्टममा आफ्नो आइडी बनाउछ र पछि आफुलाई आवश्यक परेका वा बिभागले थप विवरण मागेको अवस्थामा अन्य विवरण समेत आफ्नो पहिलेनै बनाएको आइडी र पासवर्ड मार्फत 'लग इन' गर्नुपर्छ । 

कसरी भर्ने फारम ?

- सुरुमा आफ्नो आइडी बनाउनुपर्छ । आइडी बनाउन फेसबुक वा गुगलमा आइडी बनाएजतिकै सजिलो हुन्छ । 

- आफ्नो आइडी बनेपछि आफु जान लागेको देशसहित त्यहाँको कम्पनीबाट आएको डिमान्ड लेटर, भिसा लगायत डकुमेन्ट, आफ्नो पासपोर्टको प्रतिलिपीसहित आवश्यक कागजात अनलाइनमा भर्नुपर्छ साथै आवश्यक डकुमेन्टहरु त्यहि फारममा अपलोड गर्नुपर्छ । 

- अब तपाइले भरेको डाटा अनुसार बैदेशिक रोजगार विभागले तपाइँ कुन देशमा, कुन कम्पनीमा, के कामका लागि जान श्रम इजाजत मागेको हो भन्ने अनलाइन विवरण अध्ययन गर्छ । यदी तपाइले भरेको सबै ठिक छ भने अब विभागले तपाइको श्रम इजाजतको प्रक्रिया अघि बढाउँछ । यदी तपाइको अनलाइन फारम स्वीकृत भएमा अब तपाइले इमेल पाउनुहुनेछ । अन्यथा बिभागले तपाईलाई अरु डकुमेन्ट थप्नुपर्ने भएमा त्यसको जानकारी पनि इमेलमै पठाउनेछ । फेरी आफ्नो डकुमेन्ट तपाइले आफ्नो पहिलेकै आइडी मार्फत पठाउन सक्नुहुनेछ । 

- श्रमको लागि एप्रोभ भएका तपाईले अब बैंकमा तोकिएको शुल्क जम्मा गर्नुपर्ने हुन्छ । पैसा तिर्नको लागि तपाइँ नेपालभरकै ठूला बाणिज्य बैंकका जुनसुकै शाखा प्रयोग गर्न सकिन्छ ।

- त्यसपछि विदेश जानु अघि लिनुपर्ने ओरियन्टेशन कक्षा लिनुपर्नेछ । वैदेशिक रोजगारीबारे ओरियन्टेशन लिने कक्षामा विद्युतीय हाजिरी मेसिन हुन्छ, त्यहाँ तपाईले  विद्युतीय प्रणालीबाट आफ्नो ल्याप्चे लगाएपछी मेडिकलका लागि जानुपर्ने हुन्छ । 

- यदी तपाइ मेडिकल फिट हुनुहुन्छ भने अब तपाइको मेडिकल रिपोर्ट बुझाउन पनि तपाईले कुनै दु:ख गर्नुपर्दैन । मेडिकल गरेको ठाउँबाटै तपाइको रिपोर्ट बिभागले पाईसकेको हुन्छ ।

- त्यस्तै तपाइले गरेको बिमाको रेकर्ड पनि बिमा कम्पनीबाट सिधै सरकारले पाउँछ ।

- अब भने तपाइको सबै प्रक्रिया पुग्यो, अब तपाइले इमेल पाउनुहुनेछ । तपाइको सबै प्रक्रिया टुंगिएको जानकारी इमेलमा पाएपछि तपाइँ अब आफ्नो पासपोर्ट लिएर बैदेशिक रोजगार बिभाग जानुपर्छ । 

- बिभागबाट श्रम अधिकारीले तपाइको पासपोर्टमा श्रम स्वीकृति भएको स्टीकर टाँसिदिनेछन् । 

अब तपाइँ टिकट काटेर आफुले जान लागेको देशको लागि जान तयार हुनुभयो । यदी माथिका कुनैपनि प्रक्रियामा असहज भएमा तपाइले सिधै बैदेशिक रोजगार विभागसँग सहयोग समेत माग्न सक्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो