मङ्सिर २७, काठमाडौँ | गायिका समीक्षा अधिकारी केही समय यता नराम्ररी बिथोलिएकी छिन् । एउटा चर्चित प्रकरणमा जेलिएर उनको निजी जीवन नराम्ररी प्रभावित बनिरहेको छ ।

विवादमा परेदेखि समीक्षा लामो समय सामाजिक सञ्जालबाट अलप भइन् । केही समयदेखि फेरि सक्रिय छिन् । आफ्ना गतिविधिहरूबारे जानकारी दिइरहेकी छन् ।

हिजो मध्यरातको एउटा पोष्टले भने समीक्षाका फ्यानहरूलाई चिन्तित तुल्याएको छ । राति करिब साढे १२ बजे उनले निकै विरक्त लाग्दो स्टाटस लेखेकी थिइन् । केहीबेरमा हटाइन् । तर, उनले हटाउनुअघि नै धेरैले यसको स्क्रिनसट राखिसकेका थिए ।

के थियो त त्यो स्टाटस ?

समीक्षाले लेखेकी थिइन्, ‘मलाई अति नै गाह्रो भइसक्यो । अब म बाँच्न सक्दिनँ ।’

उनले आखिर किन लेखिन् त यति निराशाजनक स्ट्याटस ? करिअरका हिसाबले समीक्षा उर्वर समयमा छिन् ।

टिनएजमै उनले सांगीतिक क्षेत्रमा लोभलाग्दो सफलता आर्जन गरिसकिन् । तर, प्रेम र स्क्यान्डलले उनको करिअरलाई निकै क्षति पुर्याइरहेको छ । उनी अझै पनि यो विषयबाट बाहिर निस्कन नसकेको आभास उक्त स्टाटसले दिएको छ ।