२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

२०७३, ११ मंसिर शनिबार ०९:४२

मङ्सिर ११, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालीको वृहत सहभागितामा गैरआवाशीय नेपाली सङघ(एनआरएनए) अष्ट्रेलिया र अष्ट्रेलियास्थित नेपाली दूतावासद्वारा आयोजित नेपाल महोत्सव (फेस्टिवल) को आज उद्घाटन गर्नुभयो । 

सिड्नीको पर्यटकीयस्थल डार्बिड. हार्बिनमा आयोजित सो महोत्सवमा अष्टे«लियामा बसोवास गर्दै आएका नेपालीको सहभागिता छ । महोत्सवमा नेपालको कला संस्कृति, मौलिकता र परम्परा झल्कने कार्यक्रम प्रस्तुत गरिएको छ । 

त्यस अवसरमा मन्त्री डा महतले नेपालमा विकासका ठुलो सम्भावना रहेको भन्दै ती सम्भावनाको पहिचान गरी नेपाल निर्माण गर्ने अभियानमा लगानी गर्न यहाँ रहेका नेपाली समुदायलाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “तपाइँहरुलाई अष्ट्रेलियासम्म आउने र यो पहिचान बनाउने अवसर आफ्नै मातृभूमिले दिएको हो । यस तथ्यलाई मनन गरी आफ्नो मातृभूमिप्रतिको कर्तव्य पूरा गर्ने काममा कहिल्यैपछि नपर्नुहोला । नेपाल संविधानको कार्यान्वयनमार्फत आर्थिक समृद्धि र स्थिरतातर्फ अघि बढिरहेकाले समृद्ध नेपालको निर्माणमा सघाउन संसारभर रहेका नेपालीलाई आग्रह गर्दछु ।” 

मन्त्री डा महतले आफ्नो अष्ट्रेलिया भ्रमणको उद्देश्य दुई देशबीचको सम्बन्धको विकास विस्तारका साथै यहाँ रहेका नेपालीको भावना बुझ्ने रहेको भन्दै दुई देशबीचको सम्बन्धको विकासमा यहाँ रहेका नेपालीले पु¥याएको योगदानको सराहना गर्नुभयो । 

उक्त महोत्सवमा एनआरएनका अध्यक्ष शेष घले, तथा अष्ट्रेलियामा रहेका प्रवुद्ध नेपालीले पनि सम्बोधन गर्नु भएको परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी गराउनु भयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा