2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा स्थानीय तहको खाका परिमार्जन गरियो

मङ्सिर ११, सोलुखुम्बु । स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक समितिले सर्वदलीय सहमतिका आधारमा जिल्लाका स्थानीय तहको खाका तयार गरेको छ । 

यसअघि प्राविधिक समितिले सिफारिस गरेको खाकामा व्यापक विरोध आएपछि गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण अयोगले तीन दिनभित्र खाका सच्याएर पठाउन बिहीबार जिल्लास्थित प्राविधिक समितिलाई नै फिर्ता गरेको थियो । 

विभिन्न क्षेत्रबाट आएका विभिन्न समूहको नाराबाजीकाबीच शुक्रबार साँझ अबेरसम्म चलेको बैठकले यसअघिको खाका परिमार्जन गर्दै एक नगरपालिका र सात गाउँपालिका गरी आठ वटा स्थानीय तहको खाका प्रस्तुत गरेका छन् । जसमा कुल ५४ वटा वडा कायम गरिएको छ । यसैगरी समितिले स्थानीय तहका केन्द्रसमेत निर्धारण गरेको छ । 

समितिले सल्लेरी केन्द्र रहने गरी सल्लेरी, वेनी, तामाखानी, गार्मा, तिंगला, टाप्टिङ, केरुङ, गोराखानी र टक्सिन्दु गाविस समेटिएका सोलु दूधकुण्ड नगरपालिकाको खाका तयार गरेको छ । 

त्यस्तै, चौरीखर्क केन्द्र रहने गरी नाम्चे, खुम्जुङ, चौरीखर्क र जुभिङ १, ५, ७, ८, ९ वडा लाई समेटिएर खुम्बु पासाङल्हामु गाउँपालिका, काँकु–१ तेन्दु वा बासा–७ राप्छा केन्द्र रहने गरी वाकु, काँकु, बासा, जुभिङ २, ३, ४, ६ वडा लाई समेटिएर खालिङ दूधकोसी गाउँपालिका, बुङ चोक केन्द्र रहने गरी बुङ, छेस्काम र गुदेल १, २, ३, ४, ५, ६, ७ वडा लाई समेटिएर महाकुलुङ गाउँपालिका तथा सोताङ बजार केन्द्र रहने गरी सोताङ, पावै र गुदेल ८, ९ वडालाई समेटिएर सोताङ गाउँपालिकाको खाका तयार गरेको छ । 

यसैगरी समितिले मुक्ली केन्द्र रहन् गरी लोखिम, जुबु, देउसा, मुक्ली, नेले, काँगेल र पन्चन गाविसलाई समेटिएर थुलुङ दूधकौशिका गाउँपलिका, नेचा केन्द्र रहने गरी सल्यान, नेचा बेतघारी र नेचा बतासे गाविसलाई समेटिएर नेचा सल्यान गाउँपालिका तथा चौलाखर्क काफ्लेचौर केन्द्र रहनेगरी गोली, चौलाखर्क र भकान्जे गाविसलाई समेटिएर लिखुपिके गाउँपालिका रहने खाका तयार गरी आयोगमा पठाउने सहमति भएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो