माघ ५, काठमाडौं | अब मलेसिया जाने नेपालीहरुले सस्तो मूल्यमा मलेसिया जाने तथा आउन पाउने सुबिधा पाउने भएका छन् । नेपालकै निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, काठमाडौं | अब मलेसिया जाने नेपालीहरुले सस्तो मूल्यमा मलेसिया जाने तथा आउन पाउने सुबिधा पाउने भएका छन् । नेपालकै निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले "/>
२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब मलेसिया जान-आउन २५ हजार मात्र

२०७३, ५ माघ बुधबार ०३:४२

माघ ५, काठमाडौं | अब मलेसिया जाने नेपालीहरुले सस्तो मूल्यमा मलेसिया जाने तथा आउन पाउने सुबिधा पाउने भएका छन् । नेपालकै निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले आफ्नो तेस्रो उडानको रुपमा मलेसियाको राजधानी क्वाललाम्पुर आउ-जाउ गर्ने भएको छ। एयरलाइन्सले पहिलो गन्तव्य कतारको दोहा, दोस्रो श्रीलंकाको कोलम्बो हुँदै तेस्रो उडान गन्तव्य मलेसिया गर्ने भएको हो।

मलेसियाको क्वाललाम्पुरसँगै चौथो उडान गन्तव्य भने म्यानमारको याङगुन गर्ने तय भएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। उनका अनुसार एयरलाइन्सको नयाँ दोस्रो एयरबस जनवरीभित्रै नेपाल आउने छ। नेपाल आउनासाथ एयरलाइन्सले माघ २८ गते मलेसियाको क्वाललाम्पुरमा व्यवसायिक उडान सुरु गर्नेछ। योसँगै फागुन १३ गतेबाट म्यानमारको याङगुनमा उडान भर्ने श्रेष्ठले जनाकारी दिए।

एयरलाइन्सले साताको पाँच दिन क्वाललाम्पुर र साताकै दुई दिन म्यानमारको याङगुनमा उडान भर्ने समय तालिका समेत तय गरेको छ। एयरलाइन्सले साताको सोमबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार राति ११ बजे मलेसियाको क्वालालम्पुरका लागि उडान भर्नेछ। क्वाललाम्पुरबाट भने सोमबार, मंगलबार, बिहीबार, शुक्रबार र शनिबार विहान सात बजेर पाँच मिनेटमा काठमाडौंका लागि उडान भर्ने एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सले प्रारम्भिक काठमाडौं–क्वाललाम्पुर–काठमाडौंको दुईतर्फी टिकट शूल्क २५ हजार तीन सय ७५ रुपैयाँ र क्वाललाम्पुर–काठमाडौं–क्वाललाम्पुरको दुईतर्फी टिकट शूल्क मलेसियन रिंगेट नौं सय २८ रुपैयाँ तोकेको श्रेष्ठले जानकारी दिए । यसैगरी म्यानमारको याङगुनका लागि सोमबार र शुक्रबार त्रिभुवन विमानस्थलबाट १० बजेर ५५ उडान भर्नेछ।

काठमाडौं–याङगुनको दुईतर्फी टिकटदर २९ हजार ६ सय र याङगुन–काठमाडौंको दुईतर्फी टिकटदर तीन सय २० युएसडी रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ