2026-07-11 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्पपीडितलाई दोस्रो किस्ता बाड्न सुरु

माघ ५, काठमाडौं | सरकारले भूकम्पपीडितलाई घर निर्माणका लागि दोस्रो किस्ताको डेढ लाख रुपैयाँ वितरण आज (बुधबार) देखि सुरु गर्दैछ । सरकारको निर्णय अनुसार आजदेखि पहिलो किस्तामा ५० हजार अनुदान लिईसकेकाहरुले घरको जग निर्माण गरे-नगरेको हेरेर दोश्रो किस्ताको डेढ लाख रकम दिईने छ ।

पुनर्निर्माण प्राधिकरणका अनुसार छुटेका र पहिलो किस्ता दिन बाँकी रहेका भूकम्प पिडितलाई पनि रकम वितरणको काम जारी छ । प्राधिकरणले दोश्रो किस्ताको रकम वितरणको लागि पहिलो चरणमा मकवानपुर र सिन्धुलीका पीडितलाई डेढ लाखका दरले रकम वितरण आजैदेखि सुरु गर्ने जनाएको छ । प्राधिकरणको मापदण्ड अनुसार घर निर्माणको लागि जग निर्माण भईसकेको र प्राविधिक जाँच भई सिफारिसमा पाएका पिडितहरुले मात्र दोश्रो किस्ता पाउनेछन् ।  

प्राधिकरणसंग भएको बजेट अहिले वितरण गर्दै जाने र अपुग रकमको लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकिएकाले यथासिघ्र अन्य जिल्लाका भूकम्प पिडितहरुलाई दोश्रो किस्ता वितरण गरिने भएको छ । प्राधिकारणले दोश्रो किस्ताको लागि अर्थमन्त्रालयसँग २८ अर्ब रुपैयाँ उपलब्ध गराउन पत्र पठाइसकेको छ । 

पहिलो किस्ता पाएर पनि कतिपय भूकम्प पिडितहरुले घर बनाउने काम सुरु गरेका छैनन् । प्राधिकरणले अब दोश्रो किस्ता बाड्न सुरु गरेपछि त्यस्ता पिडितहरुले घर बनाउने काम सुरु गर्ने प्राधिकरणले विश्वास लिएको छ । पछिल्लो तथ्यांक अनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरी पुनर्निर्माणका लागि अनुदान पाउने सूचीमा छन् । जसमा ५ लाख ४८ हजार २ सय ५५ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । सम्झौता भएकामध्येमा पनि ४ लाख ७६ हजार ८ सय १३ ले पहिलो किस्ताको ५० हजार पाइसकेको प्राधिकरणसँग तथ्यांक छ । 

भूकम्पबाट घर बिहिन बनेका भूकम्प पिडितहरुले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा सिफारिस पाएपछि १ लाख ५० हजार, तेस्रो किस्तामा ७५ हजार र निर्माण भएको घरमा शौचालय र सोलार जडान गरेपछि थप २५ हजार रुपैयाँ गरी तीन लाख पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट