फागुन ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ८ गते निर्वाचनको मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराएका छन् ।
बालुवाटारमा मंगलबार साँझ बसेको शिर्ष दलहरुको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच दुई घण्टा लामो छलफल भएको थियो । उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले चुनावको मिति घोषणा गर्न ढिलाई भएको भन्दै स्थानीय तहको निर्वाचन ८ फागुनमा घोषणा गरिने बताएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले अब निर्वाचनको मिति घोषणा गरिने र निर्वाचनको तयारीमा लाग्नेबारे शिर्ष दलहरुलाई जानकारी गराएका थिए । छलफलमा प्रचण्डले निर्वाचनका लागि निर्वाचन आयोगलाई तयारी गर्न सरकारले पत्राचार गरिसकेको बताएका छन् ।
संविधानको वाध्यकारी ब्यवस्था अनुसार सरकारले आगमी ७ माघ भित्रै स्थानिय, प्रदेश र संघको निर्वाचन गराउनुपर्ने छ ।