चैत २३, इटहरी । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी नेपाल धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना भएको र अन्न भण्डारको क्षेत्र भएकोले देशलाई समृद्ध बनाउन यह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २३, इटहरी । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी नेपाल धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना भएको र अन्न भण्डारको क्षेत्र भएकोले देशलाई समृद्ध बनाउन यह"/>

७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको पूर्वी क्षेत्र धार्मिक र पर्यटकीय भण्डार: राष्ट्रपति

२३ चैत्र २०७३, बुधबार १२:३६


चैत २३, इटहरी । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी नेपाल धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना भएको र अन्न भण्डारको क्षेत्र भएकोले देशलाई समृद्ध बनाउन यहाँका सम्पदाको अधिकतम सदुपयोग गर्नुपर्ने बताएकी छन् ।

आज सुनसरीको धार्मिक तीर्थस्थल कुम्भ नगरी चतरामा रहेको रामानन्दचार्य सेवापीठ परिसरमा आयोजना गरिएको बृहत्तर बराहक्षेत्र विकास गुरुयोजना तथा प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालयसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्ताे बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले विश्व रामसार सूचीमा संरक्षित कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका दुर्लभ जङ्गली जीवजन्तु चराचुरुङ्गी तथा अन्य विभिन्न दुर्लभ बस्तुको भण्डारसँगै पूर्वी नेपालको कञ्चनजङ्गा जस्तो हिमशृङ्खला एवम् महत्वपूर्ण जडीबुटीको भण्डारसमेतले पूर्वी नेपाल प्राकृतिक सम्पदाले पनि ज्यादै स्रोत सम्पन्न भएकाले यसलाई सम्बन्धित सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताइन ।

उनले बराहक्षेत्र पीण्डेश्वर विष्णुपादुका रामधुनीजस्ता अत्यन्तै पौराणिक र नेपालीको आस्थाको धार्मिक पावन क्षेत्रसमेत रहेकाले यसलाई नेपालीले आफ्नो जीवन प्रणालीसँग जोडेर हेर्न सकियो भने अपार सफलता प्राप्त गर्न सकिने बताइन ।

राष्ट्रपति भण्डारीले लाखौँ मानिसको पीडा बनेको कोसी नदी आसपासका पीडाबाट पिल्सिएकालाई मल्हमपट्टि लगाउनमात्र सकियो भने पनि न्याय मिल्नेमा आफू ज्यादै सम्वेदनशील रहेको बताइन ।

उनले मावन समानता र लैङ्गिक विभेदको अन्त्यका लागि सशक्त अभियानमा सक्रिय रहेको आबाल ब्रह्मचारी षडानन्द अधिकारीकै प्रेरणाले महिलाको महत्वपूर्ण छवि बनाउने योगमायाको नामलाई अझ उचाइमा पु¥याउनका लागि अघि सारिएको योगमाया आयुर्वेद विश्वविद्यालयले मूर्तरुप पाउनेमा आफू आशावादी भएको पनि उल्लेख गरिन् ।

सोही अवसरमा नेकपा (एमाले) का सचिव एवम पूर्व पर्यटन मन्त्री भीम आचार्यले राष्ट्रपति भण्डारीको सम्मानमा नागरिएकाे तर्फबाट तयार पारेको अभिनन्दनपत्र वाचन गर्दै बृहत्तर बराहक्षेत्र विकास गुरुयोजनामा उल्लेख गरिएका महत्वपूर्ण कार्यले मूर्तरुप नपाएकोतर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराउदै त्यो काम पूर्णरुपमा सफल गर्नेतिर राज्यको ध्यानाकर्षण गराउन आग्रह गरे ।

सोही अवसरमा अर्का पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बराहक्षेत्र विकासको बृहत्तर गुरुयोजनासम्बन्धी दस्तावेज पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

गणेश सुब्बा विरहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामानन्दाचार्य सेवापीठका सञ्चालक सिद्धबाबा डा कृष्णदासजी महाराजले देशलाई समृद्ध बनाउनका लागि हरित क्रान्ति र आत्ममुखी भएर काम गर्न सबैलाई सद्विचार प्रदान गर्दै आएको बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति?