चैत २३, इटहरी । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी नेपाल धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना भएको र अन्न भण्डारको क्षेत्र भएकोले देशलाई समृद्ध बनाउन यह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २३, इटहरी । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी नेपाल धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना भएको र अन्न भण्डारको क्षेत्र भएकोले देशलाई समृद्ध बनाउन यह"/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको पूर्वी क्षेत्र धार्मिक र पर्यटकीय भण्डार: राष्ट्रपति

२०७३, २३ चैत्र बुधबार १२:३६


चैत २३, इटहरी । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी नेपाल धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना भएको र अन्न भण्डारको क्षेत्र भएकोले देशलाई समृद्ध बनाउन यहाँका सम्पदाको अधिकतम सदुपयोग गर्नुपर्ने बताएकी छन् ।

आज सुनसरीको धार्मिक तीर्थस्थल कुम्भ नगरी चतरामा रहेको रामानन्दचार्य सेवापीठ परिसरमा आयोजना गरिएको बृहत्तर बराहक्षेत्र विकास गुरुयोजना तथा प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालयसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्ताे बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले विश्व रामसार सूचीमा संरक्षित कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका दुर्लभ जङ्गली जीवजन्तु चराचुरुङ्गी तथा अन्य विभिन्न दुर्लभ बस्तुको भण्डारसँगै पूर्वी नेपालको कञ्चनजङ्गा जस्तो हिमशृङ्खला एवम् महत्वपूर्ण जडीबुटीको भण्डारसमेतले पूर्वी नेपाल प्राकृतिक सम्पदाले पनि ज्यादै स्रोत सम्पन्न भएकाले यसलाई सम्बन्धित सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताइन ।

उनले बराहक्षेत्र पीण्डेश्वर विष्णुपादुका रामधुनीजस्ता अत्यन्तै पौराणिक र नेपालीको आस्थाको धार्मिक पावन क्षेत्रसमेत रहेकाले यसलाई नेपालीले आफ्नो जीवन प्रणालीसँग जोडेर हेर्न सकियो भने अपार सफलता प्राप्त गर्न सकिने बताइन ।

राष्ट्रपति भण्डारीले लाखौँ मानिसको पीडा बनेको कोसी नदी आसपासका पीडाबाट पिल्सिएकालाई मल्हमपट्टि लगाउनमात्र सकियो भने पनि न्याय मिल्नेमा आफू ज्यादै सम्वेदनशील रहेको बताइन ।

उनले मावन समानता र लैङ्गिक विभेदको अन्त्यका लागि सशक्त अभियानमा सक्रिय रहेको आबाल ब्रह्मचारी षडानन्द अधिकारीकै प्रेरणाले महिलाको महत्वपूर्ण छवि बनाउने योगमायाको नामलाई अझ उचाइमा पु¥याउनका लागि अघि सारिएको योगमाया आयुर्वेद विश्वविद्यालयले मूर्तरुप पाउनेमा आफू आशावादी भएको पनि उल्लेख गरिन् ।

सोही अवसरमा नेकपा (एमाले) का सचिव एवम पूर्व पर्यटन मन्त्री भीम आचार्यले राष्ट्रपति भण्डारीको सम्मानमा नागरिएकाे तर्फबाट तयार पारेको अभिनन्दनपत्र वाचन गर्दै बृहत्तर बराहक्षेत्र विकास गुरुयोजनामा उल्लेख गरिएका महत्वपूर्ण कार्यले मूर्तरुप नपाएकोतर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराउदै त्यो काम पूर्णरुपमा सफल गर्नेतिर राज्यको ध्यानाकर्षण गराउन आग्रह गरे ।

सोही अवसरमा अर्का पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बराहक्षेत्र विकासको बृहत्तर गुरुयोजनासम्बन्धी दस्तावेज पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

गणेश सुब्बा विरहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामानन्दाचार्य सेवापीठका सञ्चालक सिद्धबाबा डा कृष्णदासजी महाराजले देशलाई समृद्ध बनाउनका लागि हरित क्रान्ति र आत्ममुखी भएर काम गर्न सबैलाई सद्विचार प्रदान गर्दै आएको बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ