ताराबहादुर महत । चैत्र २३, दोलखा । बृहत दोलखा साङ्गितिक महोत्सव तथा मध्यमाञ्चल स्तरिय खुल्ला लोक दोहोरी प्रतियोगिता आजबाट चरिकोटमा शुरु भएको छ ।

गत बर्षको विनाशकारी भुकम्पका कारण अंगभंग भएर अपाङ्गता भएका दोलखाली व्यक्तिहरुला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । चैत्र २३, दोलखा । बृहत दोलखा साङ्गितिक महोत्सव तथा मध्यमाञ्चल स्तरिय खुल्ला लोक दोहोरी प्रतियोगिता आजबाट चरिकोटमा शुरु भएको छ ।

गत बर्षको विनाशकारी भुकम्पका कारण अंगभंग भएर अपाङ्गता भएका दोलखाली व्यक्तिहरुला"/>

2026-09-08 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखा साङ्गितिक महोत्सव आजबाट शुरु

ताराबहादुर महत । चैत्र २३, दोलखा । बृहत दोलखा साङ्गितिक महोत्सव तथा मध्यमाञ्चल स्तरिय खुल्ला लोक दोहोरी प्रतियोगिता आजबाट चरिकोटमा शुरु भएको छ ।

गत बर्षको विनाशकारी भुकम्पका कारण अंगभंग भएर अपाङ्गता भएका दोलखाली व्यक्तिहरुलाई  सहयोग गर्ने उद्धेश्यले महोत्सव संचालन गरिएको महोत्सव संयोजक हिमाल केसीले जानकारी दिनुभयो । संयोजक केसीको अध्यक्षतामा आज चरिकोटको टुँडिखेलमा भएको उद्घाटन समारोहमा बरिष्ठ लोक गायक कुमार बस्नेत, रेशम थापा, पप गायक डिजराज पौडेल, गायिका जुना प्रसाँई लगायतले प्रस्तुति दिनुभएको थियो । त्यसैगरी एउटा मात्र खुट्टा भएकी नृत्याङ्गना रोमा न्यौपानेको नृत्य हजारौँ दर्शकले उत्सुकताका साथ अवलोकन गरेका थिए ।

भोलिबाट शुरु हुने लोक दोहोरी प्रतियोगिताका लागि झण्डै दुई दर्जन समुह दर्ता भईसकेको संयोजक केसीको भनाई छ । उहाँका अनुसार महोत्सवको दोश्रो दिन भोलि लोक दोहोरी गायिकाहरु टिका पुन, ज्योति मगर र हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ लगायतको प्रस्तुति हुनेछ ।  

भुकम्पबाट अंगभंग भएका व्यक्तिहरुका लागि सहयोगार्थ नेपाल अपाङ्ग महासंघ विकास केन्द्रले पहिलो पटक दोलखामा महोत्सव आयोजना गरेको हो । सहयोगार्थ महोत्सव भुकम्प प्रभावित १४ वटै जिल्लामा संचालन गरिने आयोजकको भनाई छ ।

उद्घाटनको दिन आज दर्शकहरुलाई  निःशुल्क प्रवेश दिईएको थियो भने भोलिबाट रु २५ को टिकट काटेर मात्र महोत्सवस्थलमा प्रवेश गर्न पाईने आयोजकले जनाएको छ । महोत्सवको  दोलखाली कलाकार समाज र हिम शिखर समाज, नेपालले सहआयोजना गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो