वैशाख ३,काठमाडौँ। उद्योग मन्त्रालयले आगामी १० वर्षभित्र रोजगारीका लागि युवाहरु विदेशिनु नपर्ने महत्वकांक्षी योजना अघि सारेको छ । 

उद्योगमन्त्री नवीन्द्रराज जोश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ३,काठमाडौँ। उद्योग मन्त्रालयले आगामी १० वर्षभित्र रोजगारीका लागि युवाहरु विदेशिनु नपर्ने महत्वकांक्षी योजना अघि सारेको छ । 

उद्योगमन्त्री नवीन्द्रराज जोश"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीका लागि विदेशिनु पर्दैन:उद्योगमन्त्री

२०७४, ३ बैशाख आईतवार ११:५७

वैशाख ३,काठमाडौँ। उद्योग मन्त्रालयले आगामी १० वर्षभित्र रोजगारीका लागि युवाहरु विदेशिनु नपर्ने महत्वकांक्षी योजना अघि सारेको छ । 

उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बसेको मन्त्रालयको आन्तरिक बैठकमा स्वदेशमा नै रोजगारीको सिर्जना गरी उच्च प्राथमिकता दिने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माणका लागि आर्थिक सुधार गर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने कृषि र वनमा आधारित साना, लघु तथा घरेलु उद्योगको विकासमा प्राथमिकता दिने निर्णय पनि गरेको छ । 

साथै प्रविधि हस्तान्तरण र प्रशोधनयन्त्रका लागि सरकारले अनुदान दिने, औद्योगिक पूर्वाधारको विकास तथा विदेशमा बस्ने नेपालीलाई नेपाली वस्तु उपभोगमा विशेष कार्यक्रम चलाउने निर्णय गरेको छ । 

त्यस्तै मन्त्रालयको नियमित बजेटको अलावा कार्यक्रमका लागि थप रु तीन अर्ब ५० करोड बजेट आवश्यक हुने भएकाले अर्थ मन्त्रालयसँग पहल गर्ने बताइएको छ । बैठकलाई सम्बोधन गर्दै उद्योगमन्त्री जोशीले नयाँ उद्योगलाई आकर्षण गर्ने तथा पुराना उद्योगको संरक्षण गर्ने सरकारको नीति रहेको बताउनुभयो । मन्त्रालयका सचिव शङ्कर कोइराला, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्मा तथा पूर्व सदस्य डा पुष्कर बज्राचार्यले देश विकासका लागि उद्योगधन्दाको विकास गरिनुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल