पढ्न करिब 2 मिनेट लाग्छ
<p><b>बैशाख ३,नवलपरासी/विमल भट्टराई। </b>राष्टिय प्रजातन्त्र पार्टी नवलपरासीले स्थानिय निर्बाचन २०७४ को लागि जनसहभागिता कार्यक्रम आज लुम्बिनी पार्टी प्यालेस सुनवलमा सम्पन्न गरेको छ । राष्टिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष ओम बहादुर सिंहको अध्यक्षता,केन्द्रिय समितिका बिशिष्ट अतिथि महामन्त्री धु्रब बहादुर प्रधानको अतित्थ्यता रहेको थियो भने अतिथिहरुमा बरिष्ठ उपाध्यक्ष किरण ज्ञवाली ,सदस्य खेमराज खरेल,क्षेत्र नं ४ का क्षेत्रिय अध्यक्ष राजेश यादब,कार्यसमिति सदस्य संजय श्रीवस्ताव ,राप्रपा बर्दघाट नगर कमिटिका अध्यक्ष मिलन श्रेष्ठ, क्षेत्र नं ४ का क्षेत्रीय सदस्य गुप्त बहादुर शाही लगायातको अतिथ्यता रहेको थियो ।</p><p>कर्यक्रममा प्रमुख अतिथि महामन्त्री धु्रब बहादुर प्रधानले झन्डोलोत्तन गरेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । राप्रपा क्षेत्र नं ४ का क्षेत्रिय सदस्य ठाकुर प्रसाद घिमिरेको स्वागत मन्तब्य रहेको कार्यक्रममा सुनवल वार्ड नं ३ का अध्यक्ष हरि कुमारी हमाल , लुम्बिनी इ रिक्सा यातायात ब्यावसायी संघका अध्यक्ष देब बहादुर क्षेत्री , क्षेत्र नं ४ का क्षेत्रिय अध्यक्ष राजेश यादब,जिल्ला कार्यसमिति नवलपरासीका बरिष्ठ उपाध्यक्ष किरण ज्ञवाली, राष्टिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष ओम बहादुर सिंह , महामन्त्री धु्रब बहादुर प्रधान ,सुनवल नगर कार्य समितिका अध्यक्ष पदम बहादुर खडका लागयातले मन्तब्य राख्नुभएको थियो । </p><p>कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ७० जना राष्टिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेका छन । कर्यक्रममा प्रमुख अतिथि केन्द्रिय समितिका बिशिष्ट अतिथि महामन्त्री धु्रब बहादुर प्रधानले नवप्रबेशीहरुलाइ सदस्यता बितरण गर्नुभएको थियो । भने कार्यक्रमको संचालन टंक प्रसाल आर्यालले गर्नुभएको थियो ।</p>

