वैशाख १५, काठमाडौँ । सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्याउन कसरत थालेको छ । 

यसका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १५, काठमाडौँ । सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्याउन कसरत थालेको छ । 

यसका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधनको पक्षमा दुईतिहाइ पुग्ने संकेतले मोर्चा लचिलो

२०७४, १५ बैशाख शुक्रबार ०२:११

वैशाख १५, काठमाडौँ । सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्याउन कसरत थालेको छ । 

यसका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग औपचारिक–अनौपचारिक रूपमा छलफल चलिरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए । ‘सबै पक्षसँग छलफल भइरहेको छ, सकारात्मक वातावरण निर्माण हुँदै गइरहेको छ,’ मन्त्री नायकले भने, ‘सरकारलाई विश्वास छ, संविधान संशोधन दुईतिहाइ बढी मतले नै पारित हुन्छ ।’ 

संसदमा अहिले कुल ५ सय ९३ सांसद छन् । संविधान संशोधन विधेयक पारित हुन सरकारलाई ३ सय ९६ मत आवश्यक पर्छ । तर, सत्तारुढ गठबन्धनले आवश्यकभन्दा दुई मत बढी भएको दाबी गर्दै संविधान संशोधन हुनेमा ढुक्क हुन मधेसी मोर्चालाई अनुरोध गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासहित संघीय गठबन्धनका नेताहरूलाई प्रतिपक्षी एमालेसहितको सहमतिका आधारमा स्थानीय तहको संख्या थप हुने विश्वास दिलाएका छन् । प्रधानमन्त्रीले बिहीबार बालुवाटार बोलाएर संख्या पुनरावलोकनको विषय फिर्ता नलिएको प्रस्ट्याएपछि मोर्चाका नेताहरू विश्वस्त बनेका छन् ।

‘उहाँहरूलाई सरकारले स्थानीय तहको संख्या पुनरावलोकन गर्ने विषय नै फिर्ता लिएको हो कि भन्ने आशंका रहेछ,’ बालुवाटार बैठकपछि माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले भने, ‘प्रधानमन्त्रीले एमालेसहितको सहमतिमा मापदण्ड बनाएर निर्णयमा पुगिने बताएपछि उहाँहरू विश्वस्त हुनुभयो ।’

स्थानीय तहको संख्या थप गर्न स्थानीय विकास मन्त्रालयले तराईका ११ जिल्लामा पठाएको परिपत्र फिर्ता लिने सरकारको निर्णयपछि भड्किएका मोर्चाका नेताहरू प्रधानमन्त्रीले भेटेपछि मत्थर भएका हुन् । एमालेले गरेको संसद्को अवरोध हटाउने क्रममा सरकारले २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा गरेको परिपत्र फिर्ता लिने सहमति गरेपछि मोर्चाका नेताहरू बिच्किएका थिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा