२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहाँ कुन-कुन दलबीच तालमेल ?

२०७४, २० बैशाख बुधबार ०२:१०

बैशाख २०, काठमाडौं । तीन प्रदेशका २ सय ८३ स्थानीय तह निर्वाचनका लागि मंगलबार भएको उम्मेदवारी दर्तामा चुनावी उत्साह देखिएको छ । 

विभिन्न संशय चिर्दै झन्डै १४ वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लामा वैशाख ३१ गते हुने निर्वाचनबाट १३ हजार ५ सय ५६ जना निर्वाचित हुँदैछन् । ४ वटा प्रदेशमा भने जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुँदैछ ।

स्थानीय निकाय २०५९ सालबाट कर्मचारीको हातमा गएको थियो । नयाँ संविधानले स्थानीय तहलाई संवैधानिक मान्यता दिई अधिकार सम्पन्न बनाएपछि पहिलोपटक हुन लागेको निर्वाचन आमचासोको विषय बनेको छ ।राजनीतिक अन्योलका कारण चुनाव हुने कि नहुने भन्ने संशयबीच उत्साहजनक उम्मेदवारी दर्ता भएको भन्दै निर्वाचन आयोगले मतदान गराउन आतुर रहेको प्रतिक्रिया दिएको छ । विभिन्न स्थानमा बाजागाजा, झाँकी र जुलुससहित दलहरूले उम्मेदवारी दर्ता गराएका थिए ।

सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले विभिन्न जिल्लामा तालमेल गरी उम्मेदवारी दिएका छन् भने काठमाडौं महानगरपालिकामा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।संविधान संशोधन विधेयक पारित नभई निर्वाचनमा भाग नलिने अडान लिएको संघीय समाजवादी फोरमले काठमाडौं महानगरपालिकाको प्रमुखलगायत अन्य स्थानमा पनि उम्मेदवारी दिएको छ ।मधेसकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले भने पहिलो चरणका कुनै पनि स्थानमा उम्मेदवारी दिएको छैन । -अन्नपूर्ण पोस्ट दैनिक 

कहाँ कुन दलबीच तालमेल ?

काठमाडौं महानगरपालिका : एमाले र राप्रपा, संघीय समाजवादी र नयाँ शक्ति
मध्यपुर भक्तपुर : एमाले र नेमकिपा
लमजुङ : एमाले र माओवादी केन्द्र
तनहुँ : एमाले र माओवादी केन्द्र
बागलुङ : एमाले र राष्ट्रिय जनमोर्चा
सिन्धुपाल्चोक : एमाले र राप्रपा
दोलखा : कांग्रेस र माओवादी केन्द्र
मकवानपुर : कांग्रेस र माओवादी केन्द्र
म्याग्दी : कांग्रेस र राप्रपा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा