वैशाख २६, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले अबको एक महिना आफ्ना लागि इजलास नतोक्ने भएकी छिन् । 

आगामी २५ जेठबाट उनले उमेरहदका कारण अनिवार्य अ"/> Sajhasabal वैशाख २६, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले अबको एक महिना आफ्ना लागि इजलास नतोक्ने भएकी छिन् । 

आगामी २५ जेठबाट उनले उमेरहदका कारण अनिवार्य अ"/>

२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानन्यायाधीश कार्कीले जेठ २५ सम्म के गर्छिन ?

२६ बैशाख २०७४, मंगलवार ०२:४०

वैशाख २६, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले अबको एक महिना आफ्ना लागि इजलास नतोक्ने भएकी छिन् । 

आगामी २५ जेठबाट उनले उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छिन् । प्रधानन्यायाधीश कार्कीले कुनै पनि मुद्दा नहेर्ने, आफ्नो इजलास नतोक्नुका साथै अवकाश पाउनुअघि बिदा नलिने सर्वोच्च अदालत स्रोतले जनायो । 

प्रधानन्यायाधीशबाट अवकास पाउनु एक महिनाअगावै बिदा बस्ने प्रचलन रहे पनि कार्कीले भने बिदा लिने विषयमा कुनै जानकारी नदिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । ‘उहाँ (प्रधानन्यायाधीश कार्की)ले अवकाश पाउने एक महिनादेखि मुद्दा नहेर्ने पहिलादेखि भन्दै आउनुभएको थियो,’ प्रवक्ता उपाध्यायले भने, ‘त्यसैले दुई दिनदेखि उहाँले आफ्नो इजलास तोक्नुभएको छैन ।’

न्यायाधीशहरूको इजलास र पेसी भने नियमित तोक्ने

प्रधानन्यायाधीश कार्कीले न्यायाधीशहरूको इजलास र पेसी भने नियमित तोक्ने सर्वोच्चका प्रवक्ता उपाध्यायले जानकारी दिए । अबको एक महिना उनले सर्वोच्चमा प्रशासनिक काम मात्रै गर्नेछिन् । यसबीचमा उनले आफूले फैसला सुनाइसकेका मुद्दाको पूर्णपाठ तयार गर्ने, हस्ताक्षर गर्ने, पेसी तोक्ने कार्य मात्रै गर्ने भएकी छिन् । उपाध्यायका अनुसार दुई दिनदेखि कार्की आफ्नै कार्यकक्षमा बसेर प्रशासनिक काम गरिरहेकी छिन् ।

आफूपछिको प्रधानन्यायाधीश सिफारिस गरेपछि बिदा बस्ने परम्परा भए पनि धेरैले सो परम्परा पालना गरेको पाइँदैन । यसअघिका पूर्वप्रधानन्यायाधीशहरू दामोदरप्रसाद शर्मा र रामकुमारप्रसाद साहले अवकाश पाउनु एक महिनाअघि इजलास तोकेर मुद्दा हेर्दा विवादित बनेका थिए ।

१७ वैशाखमा कांग्रेस–माओवादी केन्द्रका २४९ सांसदले आफूविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश कार्की चार दिन निलम्बनमा परेकी थिइन् । संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै अधिवक्ता सुनीलरञ्जन सिंह र कञ्चनकृष्ण न्यौपानेले महाअभियोग खारेज गर्न मागसहित रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले उक्त प्रस्ताव कार्यान्वयन नगर्न र कार्कीलाई अदालती काममा फर्काउन शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशपछि प्रधानन्यायाधीश कार्की आइतबारदेखि अदालतमा हाजिर भएकी थिइन् ।

प्रधानन्यायाधीश रसिया जाने कार्यक्रम स्थगित

दस दिनका लागि रसिया जाने कार्यक्रमको निमन्त्रणा आए पनि प्रधान्यायाधीश सुशीला कार्कीले सो भ्रमण नगर्ने भएकी छिन् । ‘रसियामा हुने एक कार्यक्रमका लागि निमन्त्रणा आएको थियो,’ स्रोतले भन्यो, ‘उहाँ (प्रधानन्यायाधीश) अब रसिया नजाने हुनुभएको छ ।’ कार्यक्रममा निमन्त्रणा आएपछि एक महिनाअगावै जाने नजाने विषय तय गर्नुपर्ने हुन्छ, तर उनले जाने इच्छा व्यक्त नगरेको स्रोतले जनायो । रसियाको कार्यक्रम तय भएपछि उनको विकल्पमा सर्वोच्चका कुनै न्यायाधीशलाई पठाउने तयारी भइरहेको छ । -नयाँ पत्रिका दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय