वैशाख २६, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले अबको एक महिना आफ्ना लागि इजलास नतोक्ने भएकी छिन् । 

आगामी २५ जेठबाट उनले उमेरहदका कारण अनिवार्य अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २६, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले अबको एक महिना आफ्ना लागि इजलास नतोक्ने भएकी छिन् । 

आगामी २५ जेठबाट उनले उमेरहदका कारण अनिवार्य अ"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानन्यायाधीश कार्कीले जेठ २५ सम्म के गर्छिन ?

२०७४, २६ बैशाख मंगलवार ०२:४०

वैशाख २६, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले अबको एक महिना आफ्ना लागि इजलास नतोक्ने भएकी छिन् । 

आगामी २५ जेठबाट उनले उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छिन् । प्रधानन्यायाधीश कार्कीले कुनै पनि मुद्दा नहेर्ने, आफ्नो इजलास नतोक्नुका साथै अवकाश पाउनुअघि बिदा नलिने सर्वोच्च अदालत स्रोतले जनायो । 

प्रधानन्यायाधीशबाट अवकास पाउनु एक महिनाअगावै बिदा बस्ने प्रचलन रहे पनि कार्कीले भने बिदा लिने विषयमा कुनै जानकारी नदिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । ‘उहाँ (प्रधानन्यायाधीश कार्की)ले अवकाश पाउने एक महिनादेखि मुद्दा नहेर्ने पहिलादेखि भन्दै आउनुभएको थियो,’ प्रवक्ता उपाध्यायले भने, ‘त्यसैले दुई दिनदेखि उहाँले आफ्नो इजलास तोक्नुभएको छैन ।’

न्यायाधीशहरूको इजलास र पेसी भने नियमित तोक्ने

प्रधानन्यायाधीश कार्कीले न्यायाधीशहरूको इजलास र पेसी भने नियमित तोक्ने सर्वोच्चका प्रवक्ता उपाध्यायले जानकारी दिए । अबको एक महिना उनले सर्वोच्चमा प्रशासनिक काम मात्रै गर्नेछिन् । यसबीचमा उनले आफूले फैसला सुनाइसकेका मुद्दाको पूर्णपाठ तयार गर्ने, हस्ताक्षर गर्ने, पेसी तोक्ने कार्य मात्रै गर्ने भएकी छिन् । उपाध्यायका अनुसार दुई दिनदेखि कार्की आफ्नै कार्यकक्षमा बसेर प्रशासनिक काम गरिरहेकी छिन् ।

आफूपछिको प्रधानन्यायाधीश सिफारिस गरेपछि बिदा बस्ने परम्परा भए पनि धेरैले सो परम्परा पालना गरेको पाइँदैन । यसअघिका पूर्वप्रधानन्यायाधीशहरू दामोदरप्रसाद शर्मा र रामकुमारप्रसाद साहले अवकाश पाउनु एक महिनाअघि इजलास तोकेर मुद्दा हेर्दा विवादित बनेका थिए ।

१७ वैशाखमा कांग्रेस–माओवादी केन्द्रका २४९ सांसदले आफूविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश कार्की चार दिन निलम्बनमा परेकी थिइन् । संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै अधिवक्ता सुनीलरञ्जन सिंह र कञ्चनकृष्ण न्यौपानेले महाअभियोग खारेज गर्न मागसहित रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले उक्त प्रस्ताव कार्यान्वयन नगर्न र कार्कीलाई अदालती काममा फर्काउन शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशपछि प्रधानन्यायाधीश कार्की आइतबारदेखि अदालतमा हाजिर भएकी थिइन् ।

प्रधानन्यायाधीश रसिया जाने कार्यक्रम स्थगित

दस दिनका लागि रसिया जाने कार्यक्रमको निमन्त्रणा आए पनि प्रधान्यायाधीश सुशीला कार्कीले सो भ्रमण नगर्ने भएकी छिन् । ‘रसियामा हुने एक कार्यक्रमका लागि निमन्त्रणा आएको थियो,’ स्रोतले भन्यो, ‘उहाँ (प्रधानन्यायाधीश) अब रसिया नजाने हुनुभएको छ ।’ कार्यक्रममा निमन्त्रणा आएपछि एक महिनाअगावै जाने नजाने विषय तय गर्नुपर्ने हुन्छ, तर उनले जाने इच्छा व्यक्त नगरेको स्रोतले जनायो । रसियाको कार्यक्रम तय भएपछि उनको विकल्पमा सर्वोच्चका कुनै न्यायाधीशलाई पठाउने तयारी भइरहेको छ । -नयाँ पत्रिका दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ