जेठ १०, काठमाडौं । देशको आर्थिक वृद्धिदरलाई अझै मजबुत बनाउनेगरि विद्युत् आपुर्ती सहजभएपछि चालु आवको पहिलो ६ महिनामा उद्योगहरुले कुल उत्पादन क्षमताको औसतमा ५४.२ प्रतिशत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १०, काठमाडौं । देशको आर्थिक वृद्धिदरलाई अझै मजबुत बनाउनेगरि विद्युत् आपुर्ती सहजभएपछि चालु आवको पहिलो ६ महिनामा उद्योगहरुले कुल उत्पादन क्षमताको औसतमा ५४.२ प्रतिशत "/>
२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देशको आर्थिक वृद्धिदर अझै मजबुत बन्दै, उद्योग क्षमता पनि १४.७ प्रतिशत बढ्यो

१० जेष्ठ २०७४, बुधबार ०९:३२

जेठ १०, काठमाडौं । देशको आर्थिक वृद्धिदरलाई अझै मजबुत बनाउनेगरि विद्युत् आपुर्ती सहजभएपछि चालु आवको पहिलो ६ महिनामा उद्योगहरुले कुल उत्पादन क्षमताको औसतमा ५४.२ प्रतिशत उपयोग गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकले विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट ५७ जिल्लाहरुमा गरिएको स्थलगत सर्वेक्षण र सरोकारवालाहरुसँगको अन्तरक्रियाले यस्तो देखाएको हो । अघिल्लो वर्षको यसै अवधिमा भने औद्योगिक उत्पादन क्षमताको उपयोग ३९.५ प्रतिशतमा सिमित रहेको थियो ।  

औद्योगिक उत्पादनहरुमध्ये वनस्पति घिउ तथा तेल, प्रशोधित दूध, अन्न तथा पशुदाना, हल्का पेय पदार्थ, कपडा, सिमेन्ट, ईटा, फलामको छड तथा पत्ति, जुत्ता आदिको उत्पादन बढेको छ । तर, तयारी पोशाक, अल्मुनियम उत्पादन, विजुलीका तार र केबुलको उत्पादन घटेको छ ।

स्थलगत अध्ययनबाट प्राप्त तथ्याङ्क एवम् सरोकारवालाहरुसँगको छलफल तथा अन्तरक्रियाको आधारमा आर्थिक वर्ष २०७४ मा मुलुकको समग्र आर्थिक वृद्धि सन्तोषप्रद रहने देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

अध्ययन अनुसार चाउचाउ उद्योगले पूर्ण क्षमता उपयोग गरेको देखिएको छ भने ईटा उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात् ३०.४ प्रतिशत मात्र रहेको छ । 

विद्युत आपूर्तिमा आएको सुधारले सकारात्मक प्रभाव परेको र देशमा कुनै किसिमको बन्दहडताल जस्ता अवरोधजन्य नभएकोले समग्र उद्योगहरुको क्षमता उपयोग गत वर्षको यसै अवधिभन्दा बढ्न गएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै