

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै सत्ता हस्तान्तरण गरेको भन्दै उनले नैतिकताको आधारमा राजीनामाको घोषणा गरेको बताए । उनले भने, ‘बचनको भरोशा नभएको नेतृत्वले राष्ट्रलाई नेतृत्व गर्न सक्दैन ।’
प्रधानमन्त्री दाहालले राजनीतिको सबैभन्दा ठूलो समस्या इमानको कमी र उपयोगको संस्कृति भएको भन्दै उनले दलहरु र नेताहरुबीच भएका लिखित र अलिखित सहमतिहरु थुप्रै पटक च्यातिएका थुप्रै उदाहरण रहेको बताए । उनले भने ‘सत्ता साझेदारीका हकमा अहिलेसम्म कुनै पनि समझदारी पालना भएका छैनन् ।’
उनले दोस्रो चरणको चुनाव आफ्नो नेतृत्वको सरकारले नै गराओस् भन्ने सिंगो देश र प्रतिपक्षको सदिक्षाप्रति आभार प्रकट गरे ।


