जेठ २४, काठमाडौ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलको सहमति एवं राष्ट्रिय आवश्यकता दृष्टिगत गरी सदनको अवरोध खुलेको बताउनुभएको छ । उहाँल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २४, काठमाडौ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलको सहमति एवं राष्ट्रिय आवश्यकता दृष्टिगत गरी सदनको अवरोध खुलेको बताउनुभएको छ । उहाँल"/>
८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा तीन शिर्ष नेताबीच चल्यो जुहारी

२४ जेष्ठ २०७४, बुधबार ०४:३०

जेठ २४, काठमाडौ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलको सहमति एवं राष्ट्रिय आवश्यकता दृष्टिगत गरी सदनको अवरोध खुलेको बताउनुभएको छ । उहाँले भन्नुभयो,’असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन, माघ ७ भित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने चुनौती रहेकाले संसद् खोल्नुको विकल्प रहेन ।’ 

हाम्रो मान्छे जित्नै पर्छ भनेको भए सहयोग पनि हुन सक्थ्यो : ओली

‘स्थानीय तह निर्वाचनको दोस्रो चरण सम्पन्न हुनुअघि प्रधानमन्त्रीले किन राजीनामा दिनुपर्‍यो प्रश्न गर्दै ओलीले भन्नुभयो,’निर्वाचनको बीच बाटोमा नै प्रधानमन्त्रीले किन छाड्नुपरेको हो, संसद्लाई जानकारी गराए राम्रै हुन्छ ।’ स्थानीय तहको पहिलो चरण निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना भइरहेका बेला मतपत्र च्यातेको विषयमा प्रायोजित तवरले सत्ता पक्षले व्यवहार गरेको आरोप लगाउँदै ओलीले मतपरिणाम स्वीकार नगर्ने र जित्नैपर्ने बाध्यता सत्ता पक्षलाई किन आइपरेको हो सोध्दै भन्नुभयो,’फलानो ठाउँमा हाम्रो मान्छे जित्नै पर्छ भनेको भए सहयोग पनि हुन सक्थ्यो ।’

निर्वाचनमा अनुचित काम भए उम्मेदवारी नै खारेज हुने कानुनी प्रावधान छ भन्दै उहाँले मतपत्र च्यातिँदा कांग्रेस र माओवादी केन्द्रको धारणा सार्वजनिक नहुनु दुःखद रहेको बताउनुभयो । मतपत्र च्यात्नेलाई खादा ओढाएर सम्मान गरिएको र महान् काम गरेझैँ गरी सम्मान गरिएकोमा आक्रोश व्यक्त गर्दै उहाँले राज्यका अंगहरूलाई तानाशाही रूपमा प्रभावित गर्ने काम लोकतन्त्रको आधारभूत मूल्यमान्यताविपरीत रहेको धारणा व्यक्त गर्नुभयो ।

एमालेलाई मधेसविरोधी भनेर हल्ला चलाइएकोमा रोष प्रकट गर्दै एमाले राष्ट्रिय पार्टी हो, क्षेत्रीय पार्टी होइन, जातीय पार्टी होइन भन्दै ओलीले भन्नुभयो,’हिमाल, पहाड र तराई सबैको साझा पार्टी हो, एमाले । यसमा सबै वर्ग-क्षेत्र अटाउँछ ।’ राजविराज घटनामा सरकारले गोली चलाउनुपर्ने आवश्यकता किन परेको भन्ने विषयमा हालसम्म कुनै जानकारी नदिइएको बताउँदै उहाँले सो घटनामा एमालेमाथि दोष थोपरिएकोमा आपत्ति प्रकट गर्नुभयो ।

एउटा घटनालाई सामान्यीकरण र सैद्धान्तिकीकरण नगर्नुहोस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी दलका नेता केपी शर्मा ओलीले आफूलाई धन्यवाद दिनुको साटो दम्भ देखाएको आरोप लगाउनुभएको छ । उहाँले संसदको बैठकमा भन्नुभयो,’तपाईंले भन्नु भो, हामीले ठिक्क गरिदियौं, जुगाँमा ताउ अलि धेरै दम्भ भयो भन्ने लागेको छ । प्रतिपक्षी दलका नेतासँग यति धेरै दम्भ आवश्यक छैन ।’ ओलीले सम्बोधनका क्रममा बारम्बार जुँगामा ताउ लगाउँदै आफ्नो नेतृत्वको सरकारले चुनावको सबै तयारी गरेको तर जस भने दाहालले लिएको बताउनुभएको थियो ।

त्यसको जवाफ दिँदै प्रधानमन्त्री दाहालले ओलीसँग प्रश्न गर्नुभयो,’सबै हामीले ठिक्क पारेको टुटी मात्र खोल्यो भन्नुभयो । टुटी मात्र खोलेको हो त ? यस्तो यस्तो (जुगाँमा ताउ लगाएझैं गर्दै) गरेर देखाउनुभयो । मैले त त्यसो गर्न चाहेको छैन ।’ आफूलाई त प्रतिपक्षी नेताबाट पोहोर गरिएका सबै प्रतिबद्धता कार्यान्वयन भएकोमा धन्यवाद भन्नु होला भन्ने लागेको तर सबै आफू (ओली)ले गरेको र टुटी मात्र खोलेको भन्ने सस्तो लोकप्रियताबाट ओलीलाई राजनीतिक फाइदा नहुने ठोकुवा प्रधानमन्त्री दाहालले गर्नुभयो ।

‘भरतपुरमा मतपत्र च्यात्नु गलत भएको निष्कर्षमा त मै छु’, भन्दै प्रधानमन्त्री दाहालले भन्नुभयो,’कुनै एउटा घटनालाई सामान्यीकरण र सैद्धान्तिकीकरण नगर्नुहोस् ।’ घटनाको भोलिपल्ट आफूले निर्वाचन आयोगका पदाधिकारी बोलाएर भरतपुर घटना गलत भएको भन्दै जे ठीक लाग्छ त्यही गर्न भनेको उहाँंले बताउनुभयो । भरतपुर घटनाको केही दिनअघि मात्र आफूले छोरीसमेत रहेकी मेयर उम्मेदवार रेणुलाई फोन गरेर’जिते पनि जित्यौ, हारे पनि जित्यौ ढुक्कसँग बस्नु’ भनेको सुनाउँदै उहाँले भन्नुभयो,’त्यसपछि तीन दिन कुनै कुराकानी भएको छैन ।’

प्रधानमन्त्री दाहालले अत्यन्त भावुक हुँदै भन्नुभयो,’ओलीजीले भन्नुस् सबै कुरा भन्नुस् । यति भनेपछि अरू के बाँकी छ, त्यो पनि भन्नुस् । सबै सामना गर्न तयार छु ।’ लुकिछिपी छ भन्ने लाग्छ भन्ने भन्नुस् भन्दै उहाँले ओलीतिर औल्याउँदै भन्नुभयो,’तपाईंलाई त भन्न के लाज भयो र । गर्नेलाई हुने हो नि लाज । तर, तपाईंले इमान्दारीपूर्वक यो सदनलाई भन्ने हो भने मैले भनेको छु, पर्सनली त मलाई तपार्इंले सोचेको ठीकै हो कि भन्ने लागेको छ । तर, नियम कानुन सबै छ ।’

आफ्नो पार्टीलाई कसैले पाठ सिकाउन आवश्यक छैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपलिकाको मतगणना क्रममा भएको अस्वाभाविक घटनामा निर्वाचन आयोगले गरेको निर्णय स्विकार्ने बताउनुभएको छ । उहाँले मतगणना कि मतदान भन्ने विषय अदालतमा प्रवेश गरिसकेकाले आफ्नो थप केही धारणा नरहेको उल्लेख गर्नुभयो । आगामी असार १४ गते स्थानीय तहको दोस्रो चरण निर्वाचन सम्पन्न गराउन आफू र नयाँ गठन हुने सरकार प्रतिबद्ध रहने बताउँदै उहाँले आगामी माघभित्र तीनै चरणको निर्वाचन सम्पन्न हुने र गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादसम्बन्धमा आफ्नो पार्टीलाई कसैले पाठ सिकाउन आवश्यक नभएको बताउँदै देउवाले भन्नुभयो,’कांग्रेसले आफ्नो सिद्धान्तमा कहीं कसैसँग सम्झौता गर्दैन ।’ उहाँले सार्वभौमसत्ता र अखण्डतामा कोही-कसैसँग सम्झौता हुनै नसक्ने धारणा व्यक्त गर्नुभयो । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध