By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    2 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    19 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    22 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    22 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 hour ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 hour ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: संसदमा तीन शिर्ष नेताबीच चल्यो जुहारी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > संसदमा तीन शिर्ष नेताबीच चल्यो जुहारी
काठमाडौँ - KTMराजनीति

संसदमा तीन शिर्ष नेताबीच चल्यो जुहारी

साझासवाल
Last updated: June 7, 2017 4:30 am
साझासवाल
5 Min Read
Share

जेठ २४, काठमाडौ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलको सहमति एवं राष्ट्रिय आवश्यकता दृष्टिगत गरी सदनको अवरोध खुलेको बताउनुभएको छ । उहाँले भन्नुभयो,’असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन, माघ ७ भित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने चुनौती रहेकाले संसद् खोल्नुको विकल्प रहेन ।’ 

Contents
  • हाम्रो मान्छे जित्नै पर्छ भनेको भए सहयोग पनि हुन सक्थ्यो : ओली
  • एउटा घटनालाई सामान्यीकरण र सैद्धान्तिकीकरण नगर्नुहोस् : प्रधानमन्त्री
  • आफ्नो पार्टीलाई कसैले पाठ सिकाउन आवश्यक छैन : देउवा

हाम्रो मान्छे जित्नै पर्छ भनेको भए सहयोग पनि हुन सक्थ्यो : ओली

‘स्थानीय तह निर्वाचनको दोस्रो चरण सम्पन्न हुनुअघि प्रधानमन्त्रीले किन राजीनामा दिनुपर्‍यो प्रश्न गर्दै ओलीले भन्नुभयो,’निर्वाचनको बीच बाटोमा नै प्रधानमन्त्रीले किन छाड्नुपरेको हो, संसद्लाई जानकारी गराए राम्रै हुन्छ ।’ स्थानीय तहको पहिलो चरण निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना भइरहेका बेला मतपत्र च्यातेको विषयमा प्रायोजित तवरले सत्ता पक्षले व्यवहार गरेको आरोप लगाउँदै ओलीले मतपरिणाम स्वीकार नगर्ने र जित्नैपर्ने बाध्यता सत्ता पक्षलाई किन आइपरेको हो सोध्दै भन्नुभयो,’फलानो ठाउँमा हाम्रो मान्छे जित्नै पर्छ भनेको भए सहयोग पनि हुन सक्थ्यो ।’

निर्वाचनमा अनुचित काम भए उम्मेदवारी नै खारेज हुने कानुनी प्रावधान छ भन्दै उहाँले मतपत्र च्यातिँदा कांग्रेस र माओवादी केन्द्रको धारणा सार्वजनिक नहुनु दुःखद रहेको बताउनुभयो । मतपत्र च्यात्नेलाई खादा ओढाएर सम्मान गरिएको र महान् काम गरेझैँ गरी सम्मान गरिएकोमा आक्रोश व्यक्त गर्दै उहाँले राज्यका अंगहरूलाई तानाशाही रूपमा प्रभावित गर्ने काम लोकतन्त्रको आधारभूत मूल्यमान्यताविपरीत रहेको धारणा व्यक्त गर्नुभयो ।

एमालेलाई मधेसविरोधी भनेर हल्ला चलाइएकोमा रोष प्रकट गर्दै एमाले राष्ट्रिय पार्टी हो, क्षेत्रीय पार्टी होइन, जातीय पार्टी होइन भन्दै ओलीले भन्नुभयो,’हिमाल, पहाड र तराई सबैको साझा पार्टी हो, एमाले । यसमा सबै वर्ग-क्षेत्र अटाउँछ ।’ राजविराज घटनामा सरकारले गोली चलाउनुपर्ने आवश्यकता किन परेको भन्ने विषयमा हालसम्म कुनै जानकारी नदिइएको बताउँदै उहाँले सो घटनामा एमालेमाथि दोष थोपरिएकोमा आपत्ति प्रकट गर्नुभयो ।

एउटा घटनालाई सामान्यीकरण र सैद्धान्तिकीकरण नगर्नुहोस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी दलका नेता केपी शर्मा ओलीले आफूलाई धन्यवाद दिनुको साटो दम्भ देखाएको आरोप लगाउनुभएको छ । उहाँले संसदको बैठकमा भन्नुभयो,’तपाईंले भन्नु भो, हामीले ठिक्क गरिदियौं, जुगाँमा ताउ अलि धेरै दम्भ भयो भन्ने लागेको छ । प्रतिपक्षी दलका नेतासँग यति धेरै दम्भ आवश्यक छैन ।’ ओलीले सम्बोधनका क्रममा बारम्बार जुँगामा ताउ लगाउँदै आफ्नो नेतृत्वको सरकारले चुनावको सबै तयारी गरेको तर जस भने दाहालले लिएको बताउनुभएको थियो ।

त्यसको जवाफ दिँदै प्रधानमन्त्री दाहालले ओलीसँग प्रश्न गर्नुभयो,’सबै हामीले ठिक्क पारेको टुटी मात्र खोल्यो भन्नुभयो । टुटी मात्र खोलेको हो त ? यस्तो यस्तो (जुगाँमा ताउ लगाएझैं गर्दै) गरेर देखाउनुभयो । मैले त त्यसो गर्न चाहेको छैन ।’ आफूलाई त प्रतिपक्षी नेताबाट पोहोर गरिएका सबै प्रतिबद्धता कार्यान्वयन भएकोमा धन्यवाद भन्नु होला भन्ने लागेको तर सबै आफू (ओली)ले गरेको र टुटी मात्र खोलेको भन्ने सस्तो लोकप्रियताबाट ओलीलाई राजनीतिक फाइदा नहुने ठोकुवा प्रधानमन्त्री दाहालले गर्नुभयो ।

‘भरतपुरमा मतपत्र च्यात्नु गलत भएको निष्कर्षमा त मै छु’, भन्दै प्रधानमन्त्री दाहालले भन्नुभयो,’कुनै एउटा घटनालाई सामान्यीकरण र सैद्धान्तिकीकरण नगर्नुहोस् ।’ घटनाको भोलिपल्ट आफूले निर्वाचन आयोगका पदाधिकारी बोलाएर भरतपुर घटना गलत भएको भन्दै जे ठीक लाग्छ त्यही गर्न भनेको उहाँंले बताउनुभयो । भरतपुर घटनाको केही दिनअघि मात्र आफूले छोरीसमेत रहेकी मेयर उम्मेदवार रेणुलाई फोन गरेर’जिते पनि जित्यौ, हारे पनि जित्यौ ढुक्कसँग बस्नु’ भनेको सुनाउँदै उहाँले भन्नुभयो,’त्यसपछि तीन दिन कुनै कुराकानी भएको छैन ।’

प्रधानमन्त्री दाहालले अत्यन्त भावुक हुँदै भन्नुभयो,’ओलीजीले भन्नुस् सबै कुरा भन्नुस् । यति भनेपछि अरू के बाँकी छ, त्यो पनि भन्नुस् । सबै सामना गर्न तयार छु ।’ लुकिछिपी छ भन्ने लाग्छ भन्ने भन्नुस् भन्दै उहाँले ओलीतिर औल्याउँदै भन्नुभयो,’तपाईंलाई त भन्न के लाज भयो र । गर्नेलाई हुने हो नि लाज । तर, तपाईंले इमान्दारीपूर्वक यो सदनलाई भन्ने हो भने मैले भनेको छु, पर्सनली त मलाई तपार्इंले सोचेको ठीकै हो कि भन्ने लागेको छ । तर, नियम कानुन सबै छ ।’

आफ्नो पार्टीलाई कसैले पाठ सिकाउन आवश्यक छैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपलिकाको मतगणना क्रममा भएको अस्वाभाविक घटनामा निर्वाचन आयोगले गरेको निर्णय स्विकार्ने बताउनुभएको छ । उहाँले मतगणना कि मतदान भन्ने विषय अदालतमा प्रवेश गरिसकेकाले आफ्नो थप केही धारणा नरहेको उल्लेख गर्नुभयो । आगामी असार १४ गते स्थानीय तहको दोस्रो चरण निर्वाचन सम्पन्न गराउन आफू र नयाँ गठन हुने सरकार प्रतिबद्ध रहने बताउँदै उहाँले आगामी माघभित्र तीनै चरणको निर्वाचन सम्पन्न हुने र गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादसम्बन्धमा आफ्नो पार्टीलाई कसैले पाठ सिकाउन आवश्यक नभएको बताउँदै देउवाले भन्नुभयो,’कांग्रेसले आफ्नो सिद्धान्तमा कहीं कसैसँग सम्झौता गर्दैन ।’ उहाँले सार्वभौमसत्ता र अखण्डतामा कोही-कसैसँग सम्झौता हुनै नसक्ने धारणा व्यक्त गर्नुभयो । -अन्नपूर्ण पोस्ट दैनिक 

Share This Article
Facebook Email Copy Link Print
Previous Article बोर्डिङ पास लिइसकेका यात्रु अध्यागमनबाट किन फर्काइन्छ ?
Next Article नेपाल कम्युनिस्ट पार्टीको पहलमा मनसराको उपचार शुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

जम्बो बजेट ल्याउँदै कामचलाउ सरकार

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रदेश २ को सरकार परिवर्तन होला ? यस्तो छ भीत्री कुरा

57 years ago
काठमाडौँ - KTMमनोरञ्जनमुख्य समाचार

भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो)

2 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

सुकुम्बासीलाई बसेकै ठाउँको लालपुर्जा दिईने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?