६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपा चुनावमा नजाने निश्चित, नगए के हुन्छ ?

२८ जेष्ठ २०७४, आईतवार ०३:१७

जेठ २८, काठमाडौं । मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचन सार्न गरेको प्रस्ताव सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । निर्वाचनमा राजपालाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको छलफलमा राजपाका नेताहरुले निर्वाचन सार्न माग गरेका हुन् ।

योसँगै राजपा निर्वाचनमा जाने सम्भावना कमजोर भएको छ । राजपा निर्वाचनमा नगए मधेस आन्दोलनको एउटा धार छुट्ने छ । यो पक्ष राजनीतिक मूलधारबाट समेत औपचारिक रुपमा अलग हुन्छ ।

उपेन्द्र यादव र विजय गच्छदारका दल निर्वाचनमा जाने, तर ६ दल मिलेर बनेको राजपा निार्वचनमा नजाने अवस्थामा मधेसको राजनीति औपचारिक रुपमा कित्ताकाट हुनेछ । अहिलेसम्मको विवाद काठमाडौं र मधेसको भन्ने थियो, अब मधेसभित्र नै निर्वाचन पक्षधर र निर्वाचनविरोधी हुनेछ । यस्तो कित्ताकाटले मधेसको समस्या थप जटिल बन्ने विश्लेषक तुलानारायण साहको मत छ ।

अहिले निर्वाचनमा नजाने भनेको स्थानीय तहको नेतृत्वबाट ५ वर्षसम्म पूर्णतः अलत हुनु हो । त्यस्तै स्थानीय तहमा भूमिकाविहीन भएको दल प्रादेशिक र संघीय निर्वाचनमा सहभागी हुने सम्भावना स्वतः कम हुन्छ । यसले दीर्घकालीन तनाव निम्त्याउने देखिन्छ ।

निर्वाचनमा सहभागी हुने विषयमा भएको अलमलले राजपाका जिल्ला र स्थानीय तहका नेताले पार्टी छाड्न थालेका छन् । स्थानीयस्तरका नेताहरु राजपा छाडेर उपेन्द्र यादवको संघीय समाजवादी फोरम, विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरम, कांग्रेस, एमाले र माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् । यसले राजपालाई थप घाटा हुनेछ । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या