साउन ३०, काठमाडौँ । विगत पाँच दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ । 

मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३०, काठमाडौँ । विगत पाँच दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ । 

मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्व"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौसममा क्रमिक सुधार आयो

३० श्रावण २०७४, सोमबार ०६:५७


साउन ३०, काठमाडौँ । विगत पाँच दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ । 

मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पूर्वी भागको एक/दुई स्थान तथा पश्चिमका धेरै स्थानमा वर्षात् हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । 

मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले तीनदिन देशभर भारी वर्षात् गराएको थियो । उक्त प्रणाली गएरातिदेखि नै कमजोर बन्दै गएको छ । यद्यपि, आज पनि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षात् हुनेछ । 

अहिले देशको पूर्वी भेगमा सामान्य बदली छ भने पश्चिममा बदलीसँगै वर्षात् भइरहेको छ । काठमाडौँमा अपराह्नतिर हल्का वर्षात् हुने जनाइएको छ । आइतबार पनि मनसुनी वर्षाको गतिविधि सक्रिय रहेकाले केही स्थानमा भारी वर्षात् भएको महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी भैरहवामा २२२ मिलिमिटर वर्षात् भएको छ भने सबैभन्दा कम काठमाडौँमा तीन मिलिमिटर वर्षात् भएको छ । 

धनकुटामा पाँच, ताप्लेजुङमा सात, सिमरामा ३०, पोखरामा नौ, दाङ र जुम्लामा १०/१०, नेपालगञ्जमा १४, वीरेन्द्रनगरमा ३९ र धनगढीमा १६ मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २६ र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु