पुस ११, काठमाडौं । रानीपोखरीको पुनर्निमाणका विषयमा काठमाडौँ महानगरपालिका मेयर र उपमेयरविचको विवाद झन् चुलिदै गएको छ ।

उपमेयर हरिप्रभा खड्गीसहित पुगेको सम्पदाविदको टोलीले विहान लगाएको तला मेयर विद्यासुन्दर शाक्यले दिउसो तोडेका छन् । उपमेयर खड्गीले मंगलबार रानीपोखरीको अवलोकन गरेपछि काम रोक्नु पर्ने बताएकी थिइन् ।

लगतै वडाध्यक्षकै रोहबरमा ‘सम्पदा प्रेमी काठमाडौंबासी’को नाम सम्पदाविद्हरुले ताला लगाएका थिए । रानीपोखरीमा ताला लागेपछि मेयर शाक्य निर्देशनमा तत्कालै नगर प्रहरीले ताला तोडेको जनाइएको छ ।

रानीपोखरी पुनर्निर्माणमा क्रंक्रिट प्रयोग गरिएपछि सम्पदाविद्हरुले चर्को विरोध गर्दै आएका छन् ।