१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिवि दीक्षान्त समारोहमा एकै व्यक्तिले प्राप्त गरे तीन पदक

१६ पुष २०७४, आईतवार १६:०५

पुस १६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा एकै व्यक्तिले तीन वटा पदक प्राप्त गरेका छन् । 

स्नातकोत्तर तहको विस २०७१ तर्फ प्रशन्नकुमार तामाङले चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक गरी तीन वटा पदक प्राप्त गर्नुभएको हो । 

स्नातकोत्तर तहको प्रथम श्रेणीमा प्रथम र सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम भएकाले उहाँले उक्त तीन वटा पदक प्राप्त गर्नुभएको त्रिविको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले बताउनुभयो । 


उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–३ का तामाङले स्नातकोत्तर तहमा गणित विषयमा केन्द्रीय विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट उत्तीर्ण गर्नुभएको हो । उहाँले आफूले तीनबाट पदक पाएकामा खुशी व्यक्त गर्नुभयो । ‘‘मिहनेतको फल प्राप्त भएको अनुभव भएको छ”, उहाँले भन्नुभयो, ‘‘पदकले मलाई थप हौसला प्रदान गरेको छ ।” 

तामाङले गणित विषयमा विद्यावारीधि गर्नका लागि अमेरिका जाने तयारीमा रहेको बताउँदै विद्यावारीधि गरेसकेपछि पुनः नेपालमा फर्की विश्वविद्यालयमा शिक्षण पेशा गर्ने धारणा व्यक्त गर्नुभयो । 

यसैगरी समारोहमा त्रिवि प्राध्यापक संघद्वारा स्थापित शहीद हरिराज अधिकारी स्वर्ण पदकबाट व्यवस्थापन संकायमा एमफिलतर्फ सर्वोकृष्ट अंक ल्याउने डम्बर सुवेदीलाई सम्मान गरिएको छ । उहाँ जनप्रशासन क्याम्पस बल्खुबाट एमफिल गर्नुभएको हो । 

त्यस्तै समारोहमा स्नातकोत्तरतर्फ २० र स्नातकतर्फ ११ जनालाई समेत विभिन्न पुरस्कार प्रदान गरिएको छ । सबैलाई प्रधानमन्त्री तथा त्रिविका कुलपति शेरबहादुर देउवा र भारतस्थित जवारलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राडा एम जगदीश कुमारले पुरस्कार तथा पदक प्रदान गर्नुभएको हो । 

समारोहमा विभिन्न संकायबाट ६२ जनालाई विद्यावारीधि उपाधि प्रदान गरिएको छ । पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको प्राङ्गणमा भएको दीक्षान्त समारोहमा ६ हजार २६७ विद्यार्थी दीक्षित भएका थिए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक