२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनएमबि बैंकको खुद मुनाफामा ४३ प्रतिशतले वृद्धि

२०७४, १४ माघ आईतवार ११:४४

 १४,माघ,काठमाडौं। एनएमबि बैंकले दोस्रो त्रैमासमा खुद नाफा ४३ प्रतिशतले बढाएर एक अर्व रुपैयाँ नघाएको छ।  एनएमबि बैंकले सार्वजनिक गरेको आ.व.२०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण  अनुसार अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा भन्दा खुद मुनाफामा ४३ प्रतिशत  भन्दा बढिले वृद्धि गरी रु. एक अर्ब कटाउन सफल भएको हो  ।

बैंकको  नाफा मात्रै छ महिनामा एक अर्व रुपैयाँ नाघेको छ भने समूहको नाफा एक अर्व पाँच करोड रुपैयाँ रहेको छ। 

गत वर्षको यहि अवधिमा बैंकको नाफा ७० करोड १० लाख र  समूहको नाफा ७५ करोड १३ लाख रुपैयाँ थियो। बैंकले चालु आर्थिक वर्षको छ महिनामा एक अर्ब ५० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। गत वर्षको यहि अवधिमा बैंकको खुद व्याज आम्दानी एक अर्ब २६ करोड रुपैयाँ थियो। 

बैंकले ६ महिनामा ८० अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ६८ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गरेको थियो। 

बैंकले पछिल्लो छ महिनामा आठ अर्व ६० करोड रुपैयाँ निक्षेप थपेको छ भने कर्जा लगानी छ अर्व ६० करोड रुपैयाँले बढाएको छ। बैंकको चुक्ता पूँजी पाँच अर्ब ४३ करोड रुपैयाँबाट बढेर छ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ। बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउन अझै एक अर्ब ५३ करोड रुपैयाँ जुटाउनु पर्ने छ। 

बैंकको पूँजी कोष अनुपात १३.०६ प्रतिशत छ भने खराब कर्जा १.२० प्रतिशतमा सिमित गरेको छ। बैंकको आधार व्याजदर ७.५४ बाट बढेर १०.३५ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ छ।

बैंकले यो वर्ष फाइनान्सियल टाइम्स लण्डनले दिने द बैंकर अवार्ड प्राप्त गरेको छ भने नेपालमा पनि फर्सट एण्ड सुलिभान तथा नेपाल बिजनेश एक्सिलेन्स अवार्ड अन्तर्गत सर्टिफिकेट अफ मेरिट पनि प्राप्त गरेको छ।

बैंकले  हाल ९३ वटा शाखा, चार वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ। 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार