2026-07-25 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ १ गते पाँचौँ तारेभिर महोत्सव हुने

 पुस २४, काठमान्डौ | राजधानीको उत्तरपूर्वी भेगस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण तारेभिर डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न पाँचौँ महोत्सवको तयारी भएको छ । 

गोकर्णेश्वर महादेव मन्दिरबाट १० किमीको दूरीमा रहेको तारेभिर गोकर्णेश्वर नगरपालिका–३ मा पर्छ । उपत्यकाका प्रायः सबै भागका साथै हिमाली शृङ्खला देख्न सकिने तारेभिरमा तामाङ जातिको बाहुल्य छ । तारेभिरको सौन्दर्यसँगै तामाङ जातिको संस्कृति, वेशभूषा र नाचगानलाई बाह्य एवं आन्तरिक पर्यटकका बीच प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०७० देखि महोत्सवको आयोजना शुरु गरिएको हो । 

यस वर्ष पनि माघ १ गते महोत्सव गर्न लागिएको साविकको बालुवा गाविसका पूर्वअध्यक्ष उद्धव विष्टले बताउनुभयो । महोत्वसमा स्थानीयवासीका साथै नजिकको जिल्लाबाट समेत पर्यटक आउने जनाइएको छ । त्यस अवसरमा यहाँका मौलिक संस्कृतिको प्रदर्शन गरिनेछ । 

जनप्रतिनिधि, स्थानीय तह र स्थानीयवासीको सहकार्यमा शुरु भएको महोत्सवकै कारण तारेभिर आन्तरिकका साथै बाह्य पर्यटकको गन्तव्य बन्न थालेको महोत्सव आयोजक समितिका सहसंयोजक हर्क तामाङले बताउनुभयो । पर्यटक आउन थालेपछि स्थनीयवासीले घरबास (होमस्टे) सञ्चालन गर्ने योजना बनाएका छन् । पर्यटन प्रवद्र्धनका माध्यमबाट आयआर्जन र जीविकोपार्जनमा सहयोग पुर्याउने कार्यक्रमको लक्ष्य छ । 

वडा नं ३ का अध्यक्ष राजेन्द्रकुमार भण्डारी महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृतिको प्रचारप्रसारमा सहयोग पुग्ने बताउनुहुन्छ । यसका लागि वडाले साथ दिएको उहाँको भनाइ छ । प्राकृतिक सौन्दर्यले मोहित बनाउने स्थलको खोजीमा रहेका राजधानीवासीलाई तारेभिर पदमार्गका लागिसमेत उपयुक्त गन्तव्य बन्न सक्छ । 

नगरपालिकाले जगडोल–तारेभिर–सुन्दरीजललाई जोडेर पदमार्गको विकास गरी यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने कार्यक्रम बनाएको नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो । यो स्थलमा केबलकार बनाउन शुरु भइसकेको नगरपालिकाले जनाएको छ । 

प्रदेशसभा सदस्य रामेश्वर फुयाँल तारेभिरलाई ‘रक क्लाइम्बिङ’ का माध्यमबाट पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने बताउनुहुन्छ । चट्टानको पहाडको रूपमा रहेको तारेभिरलाई ‘रक क्लाइम्बिङ’ स्थलका रूपमा विकास गर्नसके आन्तरिक रिक र बाह्य दुवै थरी पर्यटकको भीड लाग्ने उहाँको भनाइ छ । 

तारेभिर क्षेत्रमा भूमेश्वर र तारेभिर महादेवको शिला छ । पानी नपरी सुक्खा लागेका बेला दुवै महादेवस्थानमा पूजा गरेपछि वर्षा हुने गरेको स्थानीयवासी एवं महोत्सव आयोजक समितिका सहसंयोजक तामाङले सुनाउनुभयो । 

परापूर्वकालमा तारेभिरमा गुफा थियो । गुफामा भगवान् महादेव बस्नुहुन्थ्यो । विवाह, व्रतबन्धजस्ता धार्मिक कृत्यमा भाँडाकुँडालगायत सामग्री आवश्यक पर्दा गुफामा गएर माग्दा पाइन्थ्यो । धार्मिक कार्यक्रम सकिएपछि माग्नेले भाँडा माझेर गुफामै लगेर राख्ने गर्थे । एक जनाले भाँडा नमाझी राखिदिँदा गुफा बन्द भई भाँडा पाउन छोडेको किंवदन्ती यहाँका स्थानीयवासीमा प्रचलित छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक