८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एफ्सी केन्ट गोर्खा भेट्रान च्यारिटी खेलका लागी नेपाल प्रस्थान गर्दै

२२ माघ २०७४, सोमबार ०२:०५

सुरेन्द्र इङ्नाम/माघ २२, वेलायत । गत सन २०१८ फरवरी ४ तारिखको दिन गोर्खा भिल्ला, केन्ट बेलायतमा क्लबको अन्तिम बैठक बसे अनुसार एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले च्यारिटी फुटबल खेल खेल्न अर्को हप्ता नेपाल प्रस्थान गर्दैछन । 

नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापना सन २०१४ मा भएको हो ।


यहि आउदो फरवरि र मार्चभित्र काठमाण्डौ र पोखरामा गएर खेलिने च्यारिटी खेलका लागी गोर्खा वेलफर ट्रस्ट सँग सहकार्य गरेर यस च्यारिटी फण्ड राईज गर्न शुरु गरेको क्लबका प्रवन्धक बुद्धी सुनुवारले बताउनु भएको हो । फण्ड राईज गर्न बेलायतको केन्ट एरियाको ३ ठाँउहरुमा क्रमशः आशफोर्ड, मेडिस्टन र फक्सटनमा कार्यक्रम सम्पन्न गरेको छ ।

आज बसेको क्लबको बैठकले उक्त ३ च्यारिटी फण्ड राईज डिनर नाईट र सहयोगार्थ टिकट बाट के कति रकम संकलन भएको र सम्पुर्ण ब्याबस्थापनमा कति खर्च भयो र नेपालमा कति सम्बाहित खर्च हुने र गर्ने भन्ने बारे महत्वपुर्ण निर्णय गरे पनि च्यारीटीमा कति रकम हस्तान्तरण गर्ने भन्ने निर्णय भने नेपाल गएर २ खेलहरु खेलेर मात्र गरिने भन्ने जानकारी क्लबका प्रबन्धक बुद्घी कुमार सुनुवारले बताउनु भयो ।

उक्त २ खेलहरु क्रमश काठमाण्डौमा एन्फा भेट्रान सँग फरवरि २४ तारिख र पोखरामा साहारा यूथक्लब सँग ३ मार्चमा खेलिने निर्णय भएको र उक्त बेलायत र नेपालका २ ठाँउहरुमा खेलिएको खेलबाट उठेको रकमलाई काठमाण्डौमा सिआरसी(Child Recue Centre.) लाई, पोखरामा साहारा यूथक्लबलाई र बेलायतमा गोर्खा वेलफर ट्रस्टलाई हस्तान्तरण गर्ने निर्णय पनि क्लबले गरेको प्रबन्धक र सह–प्रबन्धक भास्कर राईले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता