२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के प्याजको रसले साँच्चै कपाल झर्न रोक्छ ? यस्तो छ वास्तविकता

२०७९, ६ पुष बुधबार ०७:३८

काठमाडौँ | पछिल्लो केही समयमा प्याजको रस कपाल झर्न रोक्नका लागि र कपालको स्वास्थ्यका लागि निकै चर्चित भएको छ । सेलिब्रिटी, सोसल मिडिया इन्फ्लुएन्सर, भ्लगरको प्रचारका कारण पनि घर–घरमा कपालका लागि प्याजको रसको प्रयोग बढिरहेको छ । वास्तवमा प्याजको रसमा भरपुर मात्रामा सल्फर पाइन्छ । सल्फर टाउकोको छाला (स्केल्प) को रक्त सञ्चारलाई राम्रो बनाउँछ । यसले नयाँ कपाल उमार्न मद्दत गर्छ र यसले गर्दा कपाल घना हुन्छ ।


कपालका लागि के फाइदाजनक छ प्याजको रस ?

सल्फरबाहेक प्याजमा फोलिक एसिड, भिटामिन सी, पोटासियम र प्रोटिनजस्ता तत्व पाइन्छन् जुन कपालका लागि निकै राम्रो हुन्छन् । यसको अत्यधिक प्रचार प्रसार र हरेक घरमा सहजै पाइने भएका कारण पनि प्याजलाई हेयरकेयरमा प्रयोगको चलन थप बढिरहेको छ । तर के प्याजको रस कपालका सबै समस्या हटाउन सक्षम छ, यस प्रश्नको जवाफ यहाँ दिने कोसिस गरिएको छ ।

कपालमा प्याजको असरमा विज्ञको धारणा

भारतकी कन्सल्टेन्ट डर्मेटोलोजिस्ट डा. मानसी शिरोलिकर भन्छिन्, ‘कपाल केराटिन (एक प्रकारको प्रोटिन) ले बनेको हुन्छ जसमा सल्फर पाइन्छ । प्याजको रस सल्फरले भरपुर हुन्छ । जब यो कपाल र टाउकोको छालामा जान्छ, यसले कपाललाई थप बलियो र घना बनाउनका लागि अतिरिक्त सल्फर प्रदान गर्ने काम गर्छ । सल्फरले कपाल झर्न रोक्छ र कपालको विकासलाई बढाउन मद्दत गर्छ ।’

यस्तै, अर्की छाला विशेषज्ञ डा. आँचल पन्थ भन्छिन्, ‘यसमा कुनै शंका छैन कि एन्टिअक्सिडेन्ट र भारी मात्रामा सल्फर भएका कारण प्याज कपाल बढाउन निकै राम्रो हुन्छ ।’

डा. पन्थले थपिन्, ‘थुप्रै आर्टिकलमा यो दाबी गरिएको छ कि प्याजको रस एलोपेसिया एरिटा भएको अवस्थामा पनि फाइदाजनक हुनसक्छ । एलोपेसिया एरिटा एउटा अटोइम्युन स्थिति हो जसमा केही कोसिकाले कपालको रोम छिद्रलाई हानी पुर्याउँछ । यस्तो भएको खण्डमा टाउकोमा छालामा गोलो–गोलो दाग बन्ने गर्छ र यसमा कपाल उम्रिँदैन । यो हेर्दा पनि निकै नराम्रो हुन्छ । कपाल झर्ने वा कपाल पातलो हुनुको सबैभन्दा साधारण कारण एन्ड्रोजेनेटिक एलोपेसिया हो । एलोपेसिया एरिटा र एन्ड्रोजेनेटिक एलोपेसियामा प्याजको रस प्रभावकारी हुनुको कुनै वैज्ञानिक डाटा उपलब्ध छैन ।’

सावधानीपूर्वक गर्नुहोस् प्यासको रसको प्रयोग 

डा. मानसी शिरोलिकरका अनुसार कपाललाई पुनः उमार्नका लागि प्याजको रसको प्रयोग खासै अनुसन्धान गरिएको छैन । एउटा सानो अध्ययनमा पत्ता लागेको छ कि दिनमा दुई पटक टाउकोको छालामा प्याजको रस लगाउँदा केही मानिसको कपाल पलाउन मद्दत मिल्न सक्छ ।

अर्को एउटा शोधमा पनि हामीले देखेका छौँ कि लगभग ७४ प्रतिशत प्रतिशत सहभागिका चार हप्तामा केही कपाल पुनः उम्रिएका थिए जबकी केही हप्तामा लगभग ८७ प्रतिशत मानिसमा पुनः कपाल उम्रिएनन् । विशेष कुरा यो हो कि यी सबै सहभागीमा एलोपेसिया एरिटाको स्थिति थियो । साधारणतया कपाल झर्नु टेलोजन एफ्लुवियम वा एन्ड्रोजेनेटिक एलोपेसियाका कारण बढी हुन्छ । तर यस्तो प्रकारको कपाल झर्ने समस्यामा प्याज कति प्रभावकारी हुनसक्छ, यसबारे हाल कुनै अनुसन्धान गरिएको छैन ।

के प्याजको रसको कुनै फाइदा छ ?

यो हप्तामा डा. पन्थले शरीरको घाउ निको पार्नमा प्याजको रसमाथि बढी मात्रमा अनुसन्धान गरिएको छ । कुनै सानो वा ठूलो घाउमा दुई हप्ताभित्र प्याजको रस लगाउँदा घाउ निको हुने र त्यसको दाग छिट्टै ठिक हुन मद्दत मिल्छ ।

कपालमा प्याजको रस प्रयोग गर्ने कि नगर्ने ?

यसबारे उनी भन्छिन्, ‘म कसैलाई पनि स्पष्ट रुपमा कुनै विशेषज्ञको परमर्श बिना त्यसको प्रयोग गर्न सल्लाह दिन्नँ । दुर्भाग्यपश मैले यस्ता थुप्रै रोगी पनि देखेको छु जसले प्याजको रस लगाएपछि टाउको चिलाउनेदेखि डर्मेटाइटिस (टाउकोको छाला रातो हुने, सुन्निने) र गम्भीर रुपमा कपाल झर्ने समस्या देखेको छु ।’

डा. पन्थले थपिन्, ‘प्याजको रसले आफैँमा तपाईंको छाला र आँखालाई क्षती पुर्याउन सक्छ । पहिलादेखि नै कुनै समस्यासँग जुधिरहेका व्यक्तिले छालामा प्याजको रस लगाउँदा थप समस्या निम्त्याउन सक्छ । तरपनि तपाईं प्याजको रस प्रयोग गर्न चाहनुहुन्छ भने यसका लागि निश्चित रुपमा एक पटक भए पनि विशेषज्ञको सल्लाह लिनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ