४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

Old Durbar Whisky मा मरेको लामखुट्टे ! कम्पनी गैरजिम्मेवार किन ?

१६ चैत्र २०७४, शुक्रबार ०४:१७

चैत १६, काठमाडौँ | राजधानीकै सातदोबाटो स्थित एक मदिरा पसलबाट किनेको वल्ड दरबार ह्वीस्कीभित्र लामखुट्टे फेला परेको बिषयमा कम्पनीले कुनै चासो देखाएको छैन । 

उपभोक्ताले ह्वीस्की पिउंदै जाँदा पिंधमा लामखुट्टे तैरीरहेको अवस्थामा फेला पारेपछि ह्वीस्की कम्पनीलाई खबर गरेका थिए तर कम्पनीले कुनै चासो देखाएको छैन । पसलबाट किनेर घरमा पुगेर खाने क्रममा ह्वीस्कीको आधि भाग खाएपछी पिधमा तैरिईरहेको अवस्थाममा उक्त लामखुट्टे फेला परेको उपभोक्ता भीम लिम्बुले बताए । अन्त्रष्ट्रिय बजारमा समेत बिक्री वितरण गर्दै आएको सो ब्राण्डका ह्वीस्कीभित्र लामखुट्टे फेला परेपछि कम्पनीलाई खबर गर्दा समेत कम्पनीले कुनै वास्ता नगरी सेवनकर्ताले नै हालेको भन्दै गैरजिम्मेवार उत्तर दिएको छ । स्क्टल्याण्डबाट आएका लिम्बु आफ्ना दाजुसंगै उक्त ह्वीस्की सेवन गर्ने क्रममा लामखुट्टे देखेपछि खान छाडेको बताउँछन् । 

महँगो र ब्रान्डेड ह्वीस्कीको पहिलो बिर्को खोलेपछि भित्र छुट्टै सिल हुने हुँदा कसैले जानी-जानी कुनै कुरा छिराउन नमिल्ने बताइन्छ तर वल्ड दरबार ह्वीस्कीको बोत्तलमा कसरी लामखुट्टे छिर्यो भन्ने प्रश्नमा सिल नतोडीएको अवस्थामा पनि छिराउन मिल्ने भन्दै आफ्नै ब्राण्डको खिल्ली उडाएको छ । 

कम्पनीले आफुलाई बजारमा गिराउन षडयन्त्र भएको बताउँदा प्रयोगकर्ता भने आक्रोशित बनेका छन् । उनले भने – 'पिउंदै जाँदा लामखुट्टे तैरीईरहेको देखें, मरेको अवस्थामा ढाडीएर बसेको लामखुट्टे देखेपछी मैले ह्वीस्की पिउन छाडेंको हो । नेपालको ब्रान्डेड ह्वीस्कीमा यस्तो लापरवाही हुन्छ भने अरुमा के होला ? यही बोत्तल अन्तराष्ट्रिय बजारमा भेटिएको भए नेपालको ब्राण्डमा कस्तो असर पर्ला ?' लिम्बुले भने । 

बलियो सिसाको शीलभित्र सिल नतोडी कसरी लामखुट्टे छिराउन सकिन्छ ? लिम्बुले ह्वीस्की उत्पादन कम्पनीकै लापरवाही तथा कमजोरी रहेको र मानव स्वास्थ्यलाई समेत खेलवाड गरेर उत्पादन गर्ने गरेकोले गुणस्तरहिन रहेको भन्दै सम्बन्धित निकायले अनुगमन गरेर कारवाही गर्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता