चैत्र १८,काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि.र नेपाल इन्स्योरेन्स कम्पनी लि. बिच घातक रोग जोखिम वहन सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता पश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. ले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरुमा विभिन्न घातक रोगहरुको जोखिम वहन गर्नेगरी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. का राज्यभर रहेका कार्यालयहरु मार्फत बीमितहरुलाई स्तरीय सेवा उपलब्ध हुनेछ ।
उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार भट्टराई र नेपाल इन्स्योरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लि. को चैत्र १४ गते सम्पन्न एघारौं वार्षिक साधारण सभाको निर्णय बमोजिम हकप्रद शेयर निष्कासन समाप्त भए पश्चातको चुक्ता पूंजीमा वोनश शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूंजी रु. १ अरव ७८ करोड ४८ लाख ३५ हजार कायम हुने कम्पनीले जनाएको छ ।