वैशाख ७, काठमाडौँ | काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको विमान बिहीबार राति रनवेबाट घासेमैदानमा पुगेर अगाडीपट्टि भासिएको । उक्त जहाज रनवेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।

विमानस्थल बन्द भएकोले अवतरणको लागि आएको चाइन साउर्थन, जेट, फ्लाई दुवई र मलेसियन एयरलाइन्सको विमानमध्ये तीन वटा कलकत्ता र एउटा दिल्ली डाइभर्ट गरिएको छ । मालिन्दो एयरको विमानबाट यात्रुहरुलाई बाहिर निकाल्न सुरु गरिएको छ । यात्रुहरु बाहिर निकालिएपछि मात्र विमानस्थल खोल्ने बताइएको छ ।

बिमान स्थलमै घटना भएका कारण काठमाडौंबाट उड्नु पर्ने सात वटा उडान पनि प्रभावित भएको छ । विमानस्थल स्रोतका अनुसार कुल १६ वटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । विमानभित्र १३३ जना यात्रु थिए । उक्त विमान काठमाडौंबाट ९.४५ मा उड्नु पर्ने थियो ।

जहाज अन्दाजी ४० मिटर पर घाँसेमैदानमा पुगेको बताइएको छ। बिमानमा कुनै क्षत्ति नपुगेको र सबै यात्रु सकुशल रहेको जानकारी प्राप्त भएको छ | उडानको क्रममा बिमान चालकको सावधानीको कारण ठूलो दुर्घटनाबाट बचेको छ ।

काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको उक्त जहाज मलेसियाको निजी हवाई सेवा प्रदायक कम्पनी मालिन्डो एयरको हो ।

उक्त बिमान बारे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए अनुसार उक्त बिमान उड्नको लागि धावनमार्गतर्फ गुडिरहेको अवस्थामा टायरमा समस्या आएपछि पाइलटले टेक अफ नगरी तत्कालै पार्किङतर्फ मोडेपछी दुर्घटना हुनबाट टरेको छ । विमानस्थलको उत्तरी क्षेत्रबाट बिहिबार राति ९ बजेर ४५ बजे उड्ने तयारीमा कोटेश्वर ०२ तर्फ गइरहेको बेला एक्कासी टायरमा समस्या आएको हो ।

घाँसे मैदानमा पुगेको जहाजको अगाडिको भाग भासिएको छ । घटनालगत्तै त्यहाँ एम्बुलेन्स, अग्नि नियण्त्रक र सुरक्षाकर्मीसहितको ठुलो टोली उद्दारका लागि पुगेको थियो । उद्दारका लागि पुगेका सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीले सबै यात्रुलाई सकुशल निकालेका छन् ।

यसअघि फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौँका लागि आएको युएस–बंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा नेपाली र बंगलादेशीसहित ५१ जनाको ज्यान गएको थियो ।

तस्विर: MeroAuto

Related News