बैशाख ११ काठमाण्डौ | नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ |

सोमबार प्रतितोला ५९ हजारमा कारोबार भएको छापावाला सुन आज घटेर प्रतितोला ५८ हजार ८ सयमा कारोबार भैरहेको छ | त्यस्तै सोमबार प्रतितोला ५८ हजार ७ सयमा कारोबार भएको तेजावी सुनको मूल्य पनि आज ५८ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ | सोमबारको तुलनामा सुनको मुल्यमा ३ सयले गिरावट आएको छ |

चाँदी आज प्रतितोला ७ सय ६५ मा कारोबार भैरहेको छ | चाँदी पनि १५ रुपैंया घटेको छ |