2026-10-16 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा सेटिङ धन्दा ! प्रदेश-२ का अधिकांशले लिदैनन् अभिमुखिकरण (भिडियो सहित)

अनिल अधिकारी | चैत २५, काठमाडौँ | वैदेशिक रोजगार बिभागले धनुषामा एकै दिन १६ वैदेशिक रोजगार अभिमुखीकरण संस्थामा अनुगमन गरेको छ । धनुषाका बिभिन्न ठाउँमा संचालित अभिमुखिकरण संस्थाहरुको अनुगमनको लागि बिभागबाट शाखा अधिकृत मात्रिका सापकोटाको नेतृत्वमा हेमराज पाण्डे खटिएका थिए । 

वैदेशिक रोजगारमा पठाउनु अघि गन्तव्य देशबारे, सम्बन्धित देशको ऐन कानुनबारे, नेपालमा एजेन्ट तथा म्यानपावरबाट हुनसक्ने ठगिबारे, ठगिमा नपर्नको लागि सावधानी, विदेशमा समस्यामा पर्दा अपनाउनुपर्ने सावधानी लगायत बिभिन्न महत्वपूर्ण विषयमा युवाहरुलाई जागरुक र सचेत बनाउनको लागि विदेश जान श्रम स्वीकृति दिनुअघि दुई दिने अभिमुखीकरण तालिम दिने गरिएको छ । तर धनुषा जिल्लामा संचालित अधिकांश अभिमुखिकरण सेवा प्रदायक संस्थाहरुले युवाहरुलाई अभिमुखिकरण तालिमनै नदिई सेटिङ गरेर काम गर्ने गरिएको पाइएको छ । 

विभागको टोली धनुषामा संचालित अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुमा पुग्दा ९० प्रतिशत भन्दा बढीले सेटिङमा युवाहरुलाई तालिमनै नदिई सात सयदेखि एक हजार ५ सयसम्म अशुलेर अभिमुखीकरणको तालिम प्रमाणपत्र दिने गरिएको पाइएको छ । स्थानीय युवाहरुका अनुसार धनुषामा संचालित अभिमुखीकरण संस्थाहरुले युवाहरुसँग एक दिन मात्र पढाउदा एक हजार देखि १५ सयसम्म र दुई दिननै पढाउँदा मात्र सात सय तिर्न लगाएको पाइएको छ । नियम अनुसार अभिमुखिकरण तालिमको लागि सात सय मात्र तिरे पुग्छ । कतिपय एजेन्टले त अभिमुखिकरण तालिम गराउदा युवाहरुबाट अशुली गर्न अफ्ट्यारो हुने बुझेर सकेसम्म सेटिङ गर्ने गरेको बुझिएको छ । 

बिभागले एकै दिनमा धनुषामा अनुगमन गर्ने क्रममा गोतारस्थित मेलिशा ओरिएन्टेसन, ह्वाइट हिल्स ओरिएन्टेसन, ढल्केबर स्थित वेलकम ओरिएन्टेसन, जनकपुर स्थित दृष्टि ओरिएन्टेसन, प्रिया ओरिएन्टेसन, समराज ट्रेनिङ इन्स्टिच्युट, सर्वश्री ट्रेनिङ एण्ड ओरिएन्टेसन सेन्टर, धनुषा ओरिएन्टेसन ट्रेनिङ, भुट्टी एचआर शोलुसन, राजदेवी ओरिएन्टेसन एण्ड ट्रेनिङ, सान ट्रेनिङ सेन्टर, बागभैरव ओरिएन्टेसन, वेलकम ओरिएन्टेसन सेन्टर, श्रीगणेश ट्रेनिङ इन्स्टिच्युट,  सोलिड ओरिएनटेसन् र इन्स्टिच्युट फर युनिभर्सल एजुकेसन एण्ड ट्रेनिङ सेन्टरमा अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांशले एजेन्ट तथा म्यानपावरको सेटिङमा ओरिएनटेसननै नदिने गरेको पाइएको छ भने कतिपयले एकदिन मात्र ओरिएन्टेसन दिएर तोकिएभन्दा बढी पैसा लिने गरेको पाईएको छ । त्यस्तै कतिपयमा सम्बन्धित ओरिएन्टेसन तालिम दिन स्वीकृति नपाएका व्यक्तिहरुले अभिमुखीकरण तालिम दिईरहेको पाइएको छ । 

यसै सम्बन्धित भिडियो तल भिडियोमा हेर्न सक्नुहुनेछ:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु